

जसपामा कपिलवस्तुका एक दर्जन नेता केन्द्रिय सदस्यमा समावेश



कार्तिक ५ कपिलवस्तु
काठमाडौंमा जारी जनता समाजवादी पार्टीको बैठकले कपिलवस्तु जिल्लाबाट जसपाका दर्जन बढी नेताहरुलाई केन्द्रीय राजनितिमा समासेव गरेको छ ।
सोमबारबाट काठमाडौंमा सुरु भएको बैठकले केन्द्रीय समिति संघीय परिषद्प्रति उत्तरदायी हुनेछ भन्ने विधान पनि पारित गरेको पार्टीका युवा नेता विश्वदीप पाण्डेले जानकारी दिनु भयो । मंगलबार सकिएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकी निर्णयका लागि ५ जना शीर्ष नेतालाई अधिकार दिएको पाण्डेले बताउनुभयो ।
यता कपिलवस्तुबाट जसपाको केन्द्रिय समितिमा ठूलो संख्यामा नेताहरु परेका छन् । जस अनुसार अमृता अग्रहरी ,अकवाल अहमद शाह,दान बहादुर चौधरी , नारायण खनाल, विष्णुहरी शर्मा, सहसराम यादव पहिले देखि नै रहदै आउनु भएकोमा यसपाली पनि केन्द्रिय सदस्यको भूमिकामा पार्टीले चयन गरेको छ । त्यस्तै नयाँ थपिने अनुहारमा रविन्द्र कुमार मिश्रा ,रविदत्त मिश्रा , मंगल प्रसाद गुप्ता ,सन्तराम अग्रहरी ,कालिपद शर्मा, र रामबरण यादव रहनुभएको छ ।
यस अघि नै केन्द्रिय सदस्यको रुपमा रहेका ६ जना र हाल थपिएका ६ जना गरी कपिलवस्तुबाट १२ जना केन्द्रिय समितिमा पर्नुभएको जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले जनाएको छ ।
तत्कालिन समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी नेपाल विच पार्टी एकता भएपछि अहिले केन्द्रिय सदस्यको टुङ्गो लागेको हो । तत्कालिन दुई पार्टीका नेताहरुलाई समावेश गर्दै जसपाले पार्टीको केन्द्रीय समितिको आकार ७ सय ७९ सदस्यीय बनाउने तय गरेको जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया