
सबैको स्वाभिमान, सबैको समृद्धि’ नारा दिदैँ ‘नागरिक पहिलो’ अभियान घोषणा

काठमाडौँ । ‘सबैको स्वाभिमान, सबैको समृद्धि’ नारा दिइएको अभियान सहितको ‘नागरिक पहिलो’ घोषणा भएको छ । अभियानको दुईदिने प्रारम्भिक भेला काठमाडौमा सम्पन्न गर्दै उक्त घोषणा गरिएको हो ।
सम्पन्न भेलाले प्रारम्भिक छलफल गरी पाँच ‘समस्या र पाँच समाधान’लाई समेट्दै अवधारणा–पत्र तयार गरेको छ, जुन केही दिनपछि सार्वजनिक गरिने जनाइएको छ ।
ती पाँच समस्या र पाँच समाधानलाई लोकतान्त्रिक, प्रगतिशील, समावेशी र अग्रगामी आँखाले हेरियो र काम गरियो भने समस्याहरू न्यूनीकरण हुँदै जाने अभियन्ताहरूको भनाइ ठम्याईँ छ ।
यो मोडेल नागरिक पहिलो हुने मोडेल हुने अभियन्ताहरू बताउँछन् । “राज्य नागरिकमा निहित हुन्छ । राजनीति, अर्थनीति, कूटनीतिलगायतका सबै नीति निर्धारण गर्दा नागरिक केन्द्रीयता स्थापित हुनुपर्छ,” अभियन्ता सुरेन्द्र चौधरीले भने, “यो मोडेल भनेको नागरिक पहिलो हुने मोडेल हो ।”
पुराना दलहरू विकृति, विसङ्गति, भ्रष्टाचार, कुशासनबाट बाहिर निस्कन नसकेको र नयाँ दलहरूमा पृयतावाद देखिएको अभियानका अर्का अभियन्ता डम्बर खतिवडा बताउँछन् । “पुराना दलहरूमा असक्षमता देखियो । नयाँ दलहरूमा पनि पपुलिज्म देखियो । त्यसैले अब नागरिक आफैँले प्रतिपक्षको भूमिका निभाउनुपर्ने बेला भएको छ,” उनले भने ।
त्यसलाई आफूहरूले ‘जनप्रतिपक्ष’ भन्ने गरेको र अब त्यो स्थापित हुनुपर्ने खतिवडाको भनाइ छ । “अब दलहरूले प्रतिपक्षको भूमिका निभाउन सक्दैनन् । अब जनता आफैँ प्रतिपक्ष हुनुपर्छ,” उनले भने ।
सरकार जनसेवामा जुट्नुपर्नेमा आफैँ बाधक बनेर बसिरहेको भनाइ अभियानका अर्का अभियन्ता केशव दाहालको छ । “अब जनता विकल्पको खोजीमा छन् । यही मोडेलमा हुँदैन भन्ने जनतालाई थाहा भइसक्यो । सरकार आफैँ बाधक बनेको छ । यसमा नागरिक पहिलो हुनुपर्ने देखिन्छ,” दाहालले भने ।
उनले थपे, “लोकतन्त्रलाई दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र, सिन्डिकेटतन्त्र, लुटतन्त्र र दलालतन्त्रमा सीमित र सङ्कुचन गरिनु देशको प्रमुख राजनीतिक समस्या हो । यसको समाधान एक नयाँ नागरिक आन्दोलनमार्फत प्रत्यक्ष, सहभागितामूलक, समावेशी, समानुपातिक, सभ्य र सुसंस्कृत लोकतन्त्र पुर्नस्थार्पित गर्नु हो । राजनीति र राजनीतिक संस्कृतिकै समग्र पुनर्गठन गर्नु हो ।”

के हो नागरिक पहिलो’अभियान ?
यही मंसिर ११ र १२ गते देशभरबाट काठमाण्डौँमा भेला भएका यो अभियानका अभियान्ताहरुको प्रतिनिधिमुलक भेलाबाट नागरिक पहिलो अभियान घोषणा भएको हो । जसले घोषाणाको प्रेस वक्तव्य सार्वजनिक गर्दै अभियानको उद्देश्यबारे जानकारी दिएको छ ।
वक्तव्यमा भनिएको छ, अभियानको मूल बिषय–शीर्षक ‘सबैको स्वाभिमान, सबैको संमृद्धि’तय भएको छ । देशमा स्वशासन र सुशासन प्रत्याभूत गर्न एक प्रगतिशील,लोकतान्त्रिक, समावेशी र अग्रगामी बिशेषतायुक्त नागरिक अभियान विकसित गर्नु यसको मुख्य उद्देश्य रहेको छ । राज्य नागरिकमा निहित हुन्छ। राजनीति, अर्थनीति, कुटनीतिलगायत प्रत्येक नीति निर्धारण गर्दा ‘नागरिक केन्द्रियता’ हुनु पर्दछ भन्ने अभियानको मान्यता छ।
यस्तै अभियानको अवधारणा–पत्र प्रस्तुत, छलफल र पारित भएको जनाइएको छ । सहभागीबाट प्राप्त पृष्ठपोषण र सुझाबलाई समावेशी गरी केही दिनभित्र अवधारणा–पत्र सार्वजनिक गरिने अभियान्ताहरुले जनाएका छन् । अवधारणा–पत्रले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा भूराजनीतिक संकटको चित्रण गर्दै ‘पाँच समस्या, पाँच समाधान, पाँच काम, एक अभियान’ अघि सारेको बताइएको छ ।
अवधारणा–पत्रमा उल्लेखित ‘पाँच समस्या र पाँच समाधान’ के हुन ? (जस्ताको त्यस्तै )


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया