

बल्खुमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार





काठमाण्डाै : बल्खुमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेकाे छ ।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ काे जुलुस कालीमाटीतर्फ जान लाग्दा प्रहरीले राेकेकाे थियाे । त्यस क्रममा झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेकाे हाे । प्रहरीले उनीहरूमाथि पानीकाे फाेहरासमेत प्रहार गरेकाे छ ।
प्रहरीले अहिले प्रदर्शनकारीलाई बल्खुमै राेकेकाे छ। आजकाे विराेध प्रदर्शनका लागि काठमाण्डाै जिल्ला प्रशासनले प्रसाईं समूहलाई बल्खु र नेकपा एमाले निकट युवा सङ्घलाई तीनकुने ताेकेकाे छ ।
यसअघि बल्खुमा दुर्गा प्रसाईंका समर्थक र एमाले निकट युवा सङ्घका कार्यकर्ताबीच झडप भएकाे थियाे । प्रसाईं नेतृत्वको महाअभियानले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवा सङ्घका कार्यकर्ता पुगेपछि दुई समूहबीच ढुङ्गा हानाहान भएको थियाे ।


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया