

वडासचिव कुटेको आरोप वडाअध्यक्ष माथि



कार्तिक ५, ई–साझाकुरा
कपिलवस्तु जिल्लाको दक्षिण भेगमा रहेको मायादेवी गाँउपालिका वडा नं ७ का अध्यक्ष जर्नादन प्रसाद चौधरीले वडा सचिव रामेश गुप्तालाई कुटपिट गरेका छन । जन्म दर्ताको मिति सच्चाउने विषयमा विवाद हुदा वडाअध्यक्ष चौधरीले वडा सचिव गुप्तालाई कुटपिट गरेको आरोप लागेको छ ।

वडाअध्यक्ष चौधरीले आज विहान १० बजे कार्यालय खुल्ने वित्तिकै सचिव माथि हातपात गरेको वडा सचिव रामेश गुप्ताले जानकारी दिनुभयो । वडा अध्यक्ष दादगिरी शैलीमा आफुमाथि कुटपिट गरेको वडा सचिव गुप्ताले बताउनु भयो ।
यता वडा अध्यक्ष जर्नादन चौधरीले जन्मदर्ताको अभिलेख माग गर्दा समान्य विवाद भएको तर आफुले हातपात नगरेको बताउनु भयो । उहाले भन्नु भयो “मैले सविचलाई पटकपटक अभिलेख माग गर्दा बाहाना बनाउदै दराजको साचो नदिएपछी साचो मात्र खोसेको हु ।”
वडाअध्यक्ष जर्नादन चौधरी र वडा सचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया