मध्यमम आय भएका उनलाई अहिले उपचारमा रकम अभाव छ । रकम अभाव भएपछि केसीको परिवारले आर्थिक सहयोगको लागि अपिल गरेका छन् । नेपाल पत्रकार महासंघ कपिलवस्तुका सदस्यसमेत रहेका केसी रेडियो शिवराजका स्टेसन म्यानेजर छन् । उनी प्रेस सेन्टरको जिल्ला सदस्य पनि हुन् । ३५ बर्षिय केसीको श्रीमती र छोरा ‘१० बर्ष ‘ छोरी ‘२ बर्ष’ छन् ।
अस्पतालको बेडमा रहेका केसीले आफुलाई रकम अभाव भएको बताए । उनले भने ‘जनतालाई सुसुचित गराउँदा आफै रोगी भएको थाहा पाएनछु । यस्तो भएको एक्कासी थाहा पाएँ । सबै मिलेर बचाउनुहुन्छ भन्ने आशा गरेको छु ।
ब्लड क्यान्सर रोगको उपचार निकै महंगो हुन्छ । सकेसम्म आफैले प्रयास गरेँ, लाखौँ रकम लाग्ने भएकाले अन्तिम विपकल्पको रुपमा हार गुहार गरेको हुँ’ उनले भने ।
उनको उपचारको लागि अहिले नेपाल पत्रकार महासंघले सहयोग उठाउने काम गरिरहेको छ भने अन्य संघसंस्थाले पनि उनलाई सहयोग गर्ने बताएका छन् ।
सहयोगको लागि उनको एसबीआई बैङमा रहेको खातामा पैसा जम्मा गर्न सकिने छ ।
नामः Deepak Kunwar
खाता नम्बरः24915241400344
शाखाः Chandrauta




















प्रतिक्रिया