

आई.पि.एल राजस्थानले ७ विकेटले विजय



कार्तिक ४, ई–साझाकुरा
आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नाई सुपर किंग्सलाई राजस्थान रोयल्सले ७ विकेटले हराएको छ ।
चेन्नाईले पेश गरेको १२६ रनको लक्ष्य राजस्थानले १८ औं ओभरमा ३ विकेट गुमाएर भेटायो । अबुधाबीमा सोमबार राति भएको खेलमा राजस्थानका लागि जोस बटलरले नटआउट ७० रन योगदान गरे । कप्तान स्टिभ स्मिथ पनि २६ रनमा नटआउट रहे ।
जारी आईपीएलमा यो राजस्थानको चौथो जित र चेन्नाईको सातौं हार हो । जितसँगै राजस्थानको टोली अंक तालिकामा पाँचौं स्थानमा पुगेको छ । महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाई अन्तिम स्थानमा छ ।
राजस्थानको शुरुवात राम्रो थिएन । बेन स्टोक्सलाई तेस्रो ओभरमा दीपक चहारले आउट गरेका थिए । स्टोक्सले १९ रन बनाए । अर्को ओभरमा जोश हेजलवुडले रोबिन उथप्पाको विकेट लिए । ४ रन मात्रै बनाउन सकेका उथप्पा धोनीको हातबाट क्याच भए । पाँचौं ओभरमा दीपक चहारले सन्जु स्यामसनलाई धोनीकै हातबाट क्याच गराए । सन्जुले खाता नै खोल्न सकेनन् । तीन विकेट गुम्दासम्म राजस्थानको खातामा जम्मा २८ रन थियो ।

तर त्यसपछि भने कप्तान स्टिभ स्मिथ र जोश बटलरले खेलमा यूटर्न ल्याइदिए । यी दुईले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरे । बटलर म्यान अफ द म्याच चुनिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नाइ सुपर किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । कप्तान धोनीले रविन्द्र जडेजासँग मिलेर पाँचौ विकेटका लागि ५१ रन जोडे ।
जडेजा चेन्नाईका टप स्कोरर रहे । ३० बल सामना गरेका उनले चार चौकाको मद्दतमा नटआउट ३५ रन बनाए । धोनीले २८ र साम कुरानले २२ रन जोडे ।
राजस्थानका लागि श्रेयस गोपाल, राहुल तेवतिया, जोफ्रा आर्चर र कार्तिक त्यागीले एक–एक विकेट लिए । गोपाल किफायती देखिए । उनले चार ओभरमा जम्मा १४ रन खर्चिए ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया