

अन्तरिक्षमा भारतको महत्त्वाकाङ्क्षी मानव मिसन ‘गगनयान’ को सफल प्रक्षेपण



एजेन्सी
अन्तरिक्षमा भारतको पहिलो मानव मिसन ‘गगनयान’ को परीक्षण उडान सफलतापूर्वक प्रक्षेपण गरिएको छ । यो परीक्षणले रकेटमा कुनै खराबी भएमा चालक दलका सदस्य कसरी बाँच्नेछन् भन्ने कुरा पत्ता लगाउने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले जनाएको छ ।
परीक्षण उडान सफल भएपछि अर्को वर्ष अन्तरिक्षमा रोबोट पठाउनेलगायत कार्यका लागि मार्ग प्रशस्त गर्ने बीबीसी हिन्दीले जनाएको छ । इसरोले यस्तै किसिमका तीन वटा परीक्षण गरेपछि मानिससहितको यान अन्तरिक्षमा पठाउने तयारी गरेको छ ।
तीन वटा परीक्षण सफल भएपछि तीन जना अन्तरिक्ष यात्रीलाई पृथ्वीको तल्लो कक्षमा लैजाने मानवयुक्त मिसन पठाइने इसरोले जनाएको छ । गएको हप्ता मात्र भारत सरकारले सन् २०२५ मा अन्तरिक्षमा मानव मिसन पठाउन सकिने घोषणा गरेको थियो ।
झण्डै ९० अर्ब रुपैयाँको लागत रहेको गगनयान परियोजना अन्तर्गत अन्तरिक्ष यात्रीहरुलाई पृथ्वीको चार सय किलोमिटरको कक्षमा पठाउने र तीन दिनपछि पुनः पृथ्वीमा अवतरण गर्ने लक्ष्य रहेको इसरोले जनाएको छ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया