

महेन्द्र मावि कोपवामा गरियो मानसिक स्वास्थ्य सचेतना कार्यक्रम



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५ स्थित श्री महेन्द्र माध्यामिक विद्यालयमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ ।
सोमबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तनुश्री भण्डारीको अध्यक्षतासहित शिक्षक बालकृष्ण बेल्वासेको स्वागत र वडा नम्बर ५ का वडा सदस्य ज्ञानु कार्कीको प्रमूख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल, लुम्बिनी प्रदेश कन्सल्ट्यान्ट प्रध्यापक चन्द्रकला शर्माले प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालय, अन्नपूर्ण विद्या मन्दिर कोपवा, ज्ञानज्योति शिक्षा सदन र श्री माध्यामिक विद्यालय झण्डाका ४० जना शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मानसिक स्वास्थ्यको परिचय, किशोर किशोरीमा देखिएका मानसिक समस्या, डिप्रेसन, निराशापन, दिक्दारीपन तथा प्रमुख रूपमा आत्महत्याका विषयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम शिक्षक बिमल आचार्यको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया