

एमाले वाग्मती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी





सचिवमा नवराज सिलवाल १ मतको अन्तरले निर्वाचित
एमाले वाग्मती प्रदेश अध्यक्षमा रामेछापका कैलाश ढुंगेल विजयी भएका छन् । उनी कृष्ण दाहाललाई हराउँदै प्रदेश अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा विजयी ढुंगेलले ६९६ मत प्राप्त गरे । त्यस्तै दाहालले ४३९ मत प्राप्त गरे ।
अध्यक्षमा निर्वाचित ढुंगेल एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंर पोखरेलनिकट मानिन्छन् । त्यस्तै उपाध्यक्षमा ढुंगेल समूहकै दावा दोर्जे लामा विजयी भए । उनले ६१५ मत प्राप्त गरे । उपाध्यक्षको प्रतिस्पर्धामा ईश्वरचन्द्र पोखरेल, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरीसमेत थिए ।
त्यस्तै प्रदेश सचिवमा नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका नवराज सिलवाल विजयी भएका छन् । सिलवाल १ मतको अन्तरले प्रदेश सचिवमा विजयी भएका हुन् । सिलवालले ५६८ मत ल्याउँदा सचिवकै अर्का प्रत्याशी हस्त पण्डितले भने ५६७ मत प्राप्त गरेका छन् । त्यस्तै खुला उपसचिवकमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित भएका छन् ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया