

के कारणले बिस्फोट हुन्छ मोबाइल फोन ?


मोबाइल फोन विस्फोटको खबर नयाँ होइनन् । बेला बेला मोबाइल विस्फोट भएका घटना सार्वजनिक भइरहन्छन् । हालै मात्र भारतको नासिकबाट मोबाइल फोन विस्फोटको नयाँ घटना आएको छ ।
उक्त मोबाइल फोन विष्फोटमा तीनजना घाइते भएका थिए । यो घटनामा पनि फोन विस्फोट हुँदा फोन चार्जमा थियो ।
झ्याल नजिकै राखिएको फोन विस्फोट हुँदा झ्यालको सिसा समेत फुटेको थियो । यस्ता घटनाहरु बढ्दै जाँदा आज हामी मोबाइल फोन किन विस्फोट हुन्छ भन्ने बारे तपाईलाई जानकारी दिदैछौं ।
यी कारणले फोन विस्फोट हुन्छ
धेरै कम स्मार्टफोन प्रयोगकर्ताहरूलाई यो थाहा होला, फोनमा लिथियम–आयन ब्याट्रीको चार्ज क्षमता धेरै उच्च हुन्छ । यस प्रकारका ब्याट्रीहरू बढी विस्फोटक हुन्छन् ।
विज्ञहरूका अनुसार मोबाइल ब्लास्ट वा मोबाइलको ब्याट्री ब्लास्ट हुनुको एउटा कारण लिथियम आयन ब्याट्रीमा उत्पन्न हुने ताप हो । फोनमा रहेको यस प्रकारको ब्याट्रीले कुनै पनि अवस्थामा विस्फोट गराउन सक्छ ।
चार्जिङ सर्किट वा ब्याट्रीमा उत्पन्न हुने तापका कारण पनि मोबाइल ब्लास्ट हुन सक्छ । वास्तवमा ब्याट्रीमा रासायनिक क्रियाका कारण केही ताप उत्पन्न हुन्छ । यो ताप इलेक्ट्रोलाइट क्षेत्रमा फैलिन सक्छ । कुल मिलाएर, इलेक्ट्रोलाइटमा उच्च तापक्रमले ब्याट्रीको केस विस्फोट गराउँछ ।
मोबाइल ब्लास्ट हुनुको कारण फोन निर्माताहरूले सुरक्षा सावधानी नअपनाउनु हो । प्रयोगकर्तालाई आकर्षित गर्न, फोनको वजन कम गर्न ध्यान दिइन्छ ।
यही कारण पातलो फोन बनाउने दौडमा यस्ता घटना पनि भइरहेका छन् । कतिपय अवस्थामा, ब्याट्री इलेक्ट्रोड सर्ट भएर मोबाइल ब्लास्ट हुन्छ ।
कम गुणस्तरको चार्जर प्रयोग गरेर मोबाइल फोन चार्ज गर्दा पनि विस्फोट हुने सम्भावन हुन्छ । त्यसै कारण प्रयोगकर्तालाई गुणस्तरीय र आफुले प्रयोग गर्ने ब्राण्डकै चार्जर खरिद गर्न सुझाव दिइन्छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया