
एफटीटीएचमा जाँदा पनि टेलिकमको ल्यान्डलाइनमा छैन आकर्षण, प्रयोगकर्ता लगातार घटेको घट्यै

एफटीटीएचमा अपग्रेड हुँदा समेत नेपाल टेलिकमले आफ्नो ल्यान्डलाइन सेवामा ग्राहकलाई आकर्षण गर्न असफल देखिएको छ । पछिल्लो समय कपर नेटवर्कको साटो एउटै एफटीटीएच केबल मार्फत इन्टरनेट, आईपीटीभी र ल्याण्डलाइन सेवा उपलब्ध गराउन थालेपनि कम्पनीका ग्राहक भने लगातार घट्दै गएका हुन् ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा टेलिकमको ल्यान्डलाइन सेवामा रहेका ग्राहक लगातार घट्दै गएका छन् । २०७५ को जेठमा छ लाख ८४ हजार ८०३ रहेको ग्राहक सङ्ख्या त्यसको एक वर्षमा सात हजार ४१०, दोस्रो वर्षमा १५ हजार ७५३, तेस्रो वर्षमा सबैभन्दा धेरै ९२ हजार ४९८ ग्राहक घटेका छन् ।
यसैगरी चौंथो वर्ष अर्थात २०७८-७९ को अवधिमा ७४ हजार ०४२ र पाँचौं वर्षमा ६४ हजार ८७० ग्राहकले ल्यान्डलाइन सेवा छोडेका छन् ।
पछिल्लो समय ल्यान्डलाइन सेवा प्रयोग गर्नेको सङ्ख्या घट्नुको पछाडि मोबाइल फोनको लोकप्रियतालाई मुख्य कारण मानिएको छ । यद्यपि टेलिकमले आकर्षक अफर तथा बन्डलिङ सहितका प्याकेज ल्याइरहेको छ । त्यसका बाबजुद ग्राहक भने त्यसतर्फ आकर्षित हुन सकिरहेका छैनन् ।
टेलिकमका ल्यान्डलाइन प्रयोगकर्ताः
|
२०७५ जेठ |
२०७६ जेठ |
२०७७ जेठ |
२०७८ जेठ |
२०७९ जेठ |
२०८० जेठ |
|
684803 |
677,393 |
661,640 |
569,142 |
495,100 |
430,230 |
ल्यान्डलाइनसँगै अन्य फिक्सलाइन टेलिफोन अन्तर्गतका भीस्याट र वायरलेस लोकल लुप (डब्लूएलएल) प्रयोगकर्ता समेत घट्दै गएको पाइएको छ ।
२०७५ साल जेठ महिनामा कम्पनीको डब्लूएलएलमा एक लाख २० हजार ९२० ग्राहक रहेकोमा गत जेठसम्म आइपुग्दा घटेर एक लाख १६ हजर ८६९ मा सीमित भएका छन् । त्यस्तै ५८१ ओटाबाट भीस्याट प्रयोगकर्ता समेत घटेर हाल ८६ मा आइपुगेको तथ्याङ्कले देखाउँछ ।
स्राेतः टेकपाना


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया