

अष्ट्रियाको भियनामा नेपाली महिलाद्वारा आफ्नै तीन छोरा-छोरीको हत्या !



अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नो तीन जना छोरा–छोरीको हत्या गरेकी छन् । बागलुङ घर भई अष्ट्रियामा बस्दै आएकी ३१ वर्षीया भट्टराई थरकी उक्त महिलाले ८ महिने छोरासहित ३ र ९ वर्षीया छोरीको हत्या गरेकी हुन् प्रहरी कार्यालय पुगेर फर्किएका नेपाल पत्रकार महासंघ यूरोप सदस्य रविचन्द्र भट्टराईका अनुसार उक्त महिलाले आफ्नै अपार्टमेन्टमा छोरा–छोरीको हत्या गरेकी हुन् । हत्या गरिसकेपछि उक्त महिला आफैले विहानको ५ः२० बजे प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।
प्रहरी घटनास्थलमा पुग्दा ९ वर्षीया छोरी भने जीवितै थिइन् तर, उपचारका लागि अस्पताल पु¥याउँदा उनको पनि मृत्यु भइसकेको थियो । उक्त महिलाले छोरा–छोरीको हत्या गरिसकेपछि आफै पनि हत्या गर्न लागेकी प्रहरीलाई बयान दिएकी छन् ।बागलुङ घर भएका ३४ वर्षीय अर्याल थरका पुरुषले १० वर्ष अगाडि आफन्तले चिनेजानेको आधारमा बुटवलकी २१ वर्षीया भट्टराई थरकी उक्त युवतीलाई विद्यार्थी भिसामा अष्ट्रिया ल्याएर सन् २०१० मा विहे गरेका थिए ।
गत अक्टोवर ३ मा श्रीमान–श्रीमती संगै भएर तीन वर्षीया छोरीको जन्मदिन समेत मनाएका बताइएको छ । यस घटनाको मुख्य कारण अझैँ पनि स्पष्ट नभएको भियना प्रहरीले जनाएको 5 भियनामा ५ सय भन्दा बढी नेपाली नागरिकहरु बसोबास गर्दै आएका छन् ।


खबर सबै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया