

बाणगङ्गामा ३३ पुरीया ब्राउन सुगर सहित चार जना पक्राउ





कपिलवस्तु :
कपिलवस्तुको बाणगङ्गामा ३३ पुरीया ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । बाणगङ्गा वडा न। ७ घेरुवा बनगाई चोक बाट बिक्रीका लागि तयार पारेको अवस्थामा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
पक्राउ पर्नेमा बाणगङ्गाकै मुख्य कारोबारी मानिने ३६ वर्षको ज्ञान राज परियार, देव बहादुर जिसी, सहजित क्षेत्री र आकास परियार रहेको प्रहरी कार्यालय पिपराले बताएको छ । सोमवार राति करिब १० बजे पक्राउ परेका चारजनालाई थुनामा राखिएको छ । मंगलबार म्याद थपका लागि तौलिहवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
लागू औषधको ट्रान्जिट पोईन्ट मानिने बाणगङ्गामा पछिल्ला दिनमा प्रहरीले बिक्री वितरण तथा सेवन कर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । ३३ पुरिया ब्राउन सुगरको तौल १ ग्राम २९० मिली ग्राम रहेको छ ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया