
महिला हिंसा विरुद्ध सचेतना मूलक कार्यक्रममा सावित्री सुवेदी

कपिलवस्तु, कार्तीक २
महिला हिंसा विरुद्ध सचेतना मूलक कार्यक्रममा सावित्री सुवेदीले महिला तथा बालिका माथि हुने अन्याय अत्याचार विरुद्धमा आफू देशभरी आवाज बुलन्द पार्दै हिँडेको बताउनुभयो । उहाँले छोरी आफ्नै घरबाटै असुरक्षित भएकोले आफ्ना छोरी चेलीको सुरक्षा गर्ने आमाको अधिकार भएको बताउनुभएको छ ।

निर्मला पन्त, सम्झना कामी, लगायतका छोरीहरुको बलात्कार पछि भएको हत्या र नारीहरु माथि हुने तेजाव आक्रमण विरुद्ध सरकार चुप लागेको र पुरुषको खेलौना मात्र भएका महिलाको हक अधिकार सुनिश्चित गर्न आवाज उठाएको बताउनुभयो ।

सरकारले यस्ता घटना माथि मौन भएर बसेको र छोरी चेलीहरुले जे पनि सहनु परेको गुनासो गर्दै अब देशका विभिन्न स्थानमा महिलाहरुलाई झक्झक्याउँदै सरकारमाथि न्याय खोज्न पहल गरेको बताउनुभयो । शनिबार कपिलवस्तुको चार नं. चोकमा भएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
यस्तै वाणगंगा नगरपालिका वडा नं १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले महिलाहरुले २१ औं शताव्दीमा पनि अत्यन्तै हिंसा सहनु परेको बताउनुभयो । उहाँले एउटी छोरी चेली बाफ्नै बाबु, दाजु, भाइ, मामा बाटै बलात्कृत हुनु परेको र अकालमै ज्यान फाल्नु परेको दुःख व्यक्त गर्दै महिला एकजुट हुनु अहिलेको आवश्यकता भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा “महिला हिंसा कहिलेसम्म हामी चुप जहिलेसम्म″ भन्ने मूल अभियानका साथ अगाडी बढेका महिलाहरुका हातमा खुलम्खुला बलत्कारी बनाउँदैछन् नेताजी, नारीको मन छुने गर शरीर हैन,बलात्कारीलाई फाँसी दे, सरकार केमा व्यस्त छ कुर्सी तान्न व्यस्त छ, यो दमनकारी राज्य हो बलात्कारी, नारीमाथि गिद्धे नजर नलगाउ, बालबिबाह गर्न बन्देज तर बलात्कार गर्न छुट हाम्रो नेपालमा जस्ता पम्प्लेटसँगै कालो पोसाकमा सरकार विरोधि नाराहरु लगाइएका थिए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया