

बेइजिङ पुगेका नेता पोखरेलले पोखरा र भैरहवामा नियमित उडान गर्न चीनिया नेतासँग गरे आग्रह



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेताहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा नियमित उडानका लागि आग्रह गरेका छन् ।
चीन भ्रमणका क्रममा बेइजिङ पुगेका पोखरेलले शुक्रबार आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले नियमित उडानको आग्रह गरेका हुन् । उनले नियमित उडानको आग्रह गरिरहँदा पोखरा विमानस्थल चीनको सहयोगमा बनेको र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ व्यवसायीहरुले बनाएको पनि उल्लेख गरेका थिए ।
महासचिव पोखरेलले चिनियाँ उद्योगीहरुलाई नेपालमा लगानी गर्न पनि आग्रह गरे । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० औद्योगिक क्षेत्र तोकेर औद्योगिकरणमा जाने योजना बनिरहेकाले लगानीको आग्रह पोखरेलले गरे ।
महासचिव पाखरेलले सीपीसीका महासचिव राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनामा सफलतापूर्वक बढेकोमा खुशी प्रकट गरेका थिए ।
‘महासचिव सीको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनामा चीन सफलतापूर्वक अघि बढेको देख्दा हामीलाई खुशी लागेको छ’, पोखरेलले भने । महासचिव पोखरेलको नेतृत्वमा एमाले नेताहरु दुई साता लामो चीन भ्रमणमा छ ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया