

कृष्णनगरमा थालियो खरको छाना मुक्त अभियान





कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले खरको छाना मुक्त अभियान सुरु गरेको छ । आर्थिक अभावको कारण खरको छानो मुनि बस्न बाध्य नगरबासीका लागि नगरपालिकाले जस्ता पाता दिएर खरको छानो मुक्त बनाउन लागेको हो । खरको छाना हटाएर जस्तापाताले घर बनाउने कार्यक्रम अन्तर्गत सो अभियान सुरु भएको हो । नगरपालिकाले ३ वर्षभित्र खरको छानो मुक्त घर निर्माण गरिने अभियान चलाएको जनाइएको छ ।
नगर प्रमुख रजत प्रताप शाहले यस चालु आर्थिक वर्ष २०८०/०८१ मा ५ सय ४० घरपरिवारको खरको छानो (फुस) मुक्त घर निर्माण गरिने योजना रहेको जानकारी दिए । उनले २ करोडको बजेटबाट खरको छानो मुक्त घर निर्माण अभियान सुरु गरिएको बताए । उनले जस्तापाता, पाइप लगायत सम्पूर्ण घर फिटिङका सामग्रीसहित नगरले घर निर्माण गरिने बताए । ३ वर्षमा खरको छानो मुक्त नगर बनाउने उनको भनाई छ । निर्वाचनको बेला जनतालाई दिएको वाचासमेत पूरा गर्न लागेको बताउँदै नगरको चौतर्फी विकासको लागि तत्पर रहेको शाहले बताए ।
इन्जिनियर प्रदीप कुमार चौधरीले खरको छाना मुक्त आवासका लागि ठेक्का भएको बताए । यस वर्ष २ करोड बजेटबाट यो अभियान सुरु गरिने तयारी भएको उनले जानकारी दिए । १० करोड बजेटको लागतमा ३ वर्षभित्र नगरमा खरको छाना मुक्त अभियान सञ्चालन गरिएको इन्जिनियर चौधरीले बताए ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया