

गौहत्याको विरोधमा बुटबलमा शान्ति र्याली





बुटवल । गौहत्याको विरोधमा बुटवलमा शान्ति ¥याली निकालिएको छ। ॐ कार परिवारको अगुवाइमा बुटवलको राजमार्ग चौराहाबाट निस्केको शान्ति र्यालीमा सहभागीहरुले गौहत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर भन्ने नारा लगाउदै नगर परिक्रमा गरेका थिए।
नगर परिक्रमा पछि ट्राफिक चोकमा आयोजित सभामा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेलले देशमा अहिले चलेको गौरक्षा आन्दोलन हिन्दु राज्य पुनःस्थापनामा पुगेर टुङयाउनुपर्ने बताएका छन। धर्मनिरपेक्षताको नाममा हिन्दु समाजलाई अपमानित गर्ने काम भएको भन्दै उनले यसको बिरुद्ध जागरण आउनु सकारात्मक भएको बताए ।
राप्रपाका नेताहरू रबिन्द्र मिश्र र ज्ञानेन्द्र शाहीले धर्मनिरपेक्षताका नाममा हिन्दु धर्ममाथि हस्तक्षेपको प्रयास गरिएको बताए।
विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले गौहत्या बन्द गर्न र देशलाई हिन्दु राष्ट्र कायम गर्न माग गरे।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया