

एमालेभित्र पदका लागि प्रतिस्पर्धा नभएको महासचिव पोख्रेलको दाबी





बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेभित्र पदका लागि प्रतिस्पर्धा नभएको दाबी गरेका छन् । राजनीतिक, वैचारिक र सांगठनिकरुपमा स्पष्ट नेता केपी ओली नेतृत्वको पार्टीमा एकताबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।
लुम्बिनी प्रदेशको अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै उनले पार्टी एकताबद्ध रहेको र त्यसको जवाफ प्रतिनिधिले नेतृत्व चयनबाटै दिने उनले बताए । महासचिव पोखरेलले केन्द्रका केही सञ्चारमाध्यमले एमालेलाई कमजोर पार्ने कुत्सित मनसायले कुनै प्रतिस्पर्धा नै नभएको विषय उठाएर भ्रम फैलाएको पनि आरोप लगाए । ‘हामीबीच कुनै प्रतिस्पर्धा छैन,’ उनले भने, ‘प्रतिस्पर्धा छ त, केवल दलाल, पुँजीवादी र विदेशी शक्तिको गोटी बन्नेहरुसँग छ ।’ उनले मुलुकलाई बलियो शक्ति निर्माणका लागि प्रतिस्पर्धा गर्नुपर्ने बेला भएको पनि स्पष्ट पारे ।
एमाले कुनै पनि भ्रम र षड्यन्त्रबाट प्रभावित नहुने, विकास र समृद्धिका लागि मुलुकको स्वाधीनता र स्वाभिमानका लागि एकताबद्ध भएर अघि बढिरहेको बताए । ‘अहिलेको जुन भ्रम र षड्यन्त्र भइरहेको छ, त्यसलाई नेतृत्व चयनका बेला प्रतिनिधिहरुले नै गलत साबित गरिदिनु हुनेछ,’ उनले भने, ‘लुम्बिनीबाटै एमाले र राष्ट्रलाई बलियो बनाउने गरी नेतृत्व चयन गर्नुहुनेछ ।’ उनले अब मुलुकमा धेरै राजनीतिक शक्ति होइन बलियो राजनीतिक शक्ति आवश्यक भएको बताए । ‘जति धेरै राजनीतिक दल, त्यति धेरै बैचारिक विचलन, त्यति धेरै अस्थिरता र बैदेशिक हस्तक्षेप बढ्ने स्पष्ट छ ।’
महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पृष्पकमल दाहालले समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्दै एमालेमा पहिरो जान लागेको र संगठन छियाछिया परेको अभिव्यक्तिलाई आफै भित्रको कुष्ठा र निराशा भएको बताए । उनले त्यो पहिलो माओवादीमा जान जरुरी रहेको उनको भनाइ थियो ।
‘त्यस्तो पहिरो अब नेकपा माओवादीमा जाने छ र जान जरुरी छ,’ उनले भने, ‘वामपन्थी शक्ति बलियो बनाउन चाहने, विकास र समृद्धि चाहने देशभक्तहरु एमालेमा आउन आतुर छन्, आउने छन् ।’ उनले एमाले र राष्ट्रलाई बलियो बनाउन विष्णु पौडेल र शंकर पोखरेल सधैं एकै स्थानमा रहने प्रतिबद्धता पनि जनाए ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया