

समाजवादी मोर्चा लुम्बिनीको घोषणा





बुटवल । चार वटा राजनीतिक दल सम्मिलित समाजवादी मोर्चाको लुम्बिनी प्रदेश समिति घोषणा गरिएको छ। मंगलबार बुटवलमा आयोजित सन्देश सभामा मोर्चाको प्रदेश समितिमा रहेका सदस्यहरूको नाम घोषणा गरिएको हो।
मोर्चामा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीका तीन(तीन जना सदस्य रहने गरी प्रदेश समन्वय कमिटी गठन गरिएको हो।
मोर्चामा माओवादी केन्द्रका तर्फबाट लुम्बिनी अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गाबहादुर थारू र सचिव कृष्ण अधिकारी सदस्यका रूपमा चयन भएका छन्। एकीकृत समाजवादीका तर्फबाट पोलिटब्युरो सदस्य सोमप्रसाद पाण्डे, मेटमणि चौधरी र निर्मल सुवेदी रहेका छन्।
त्यस्तै जनता समाजवादी पार्टीबाट नवीनकुमार सुनुवार, मनिकर कार्की र अशोक यादव तथा नेकपाबाट वसन्त, नारायण र सम्झना मोर्चाको सदस्य रहेका छन्।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया