

दसैंमा भक्तजनको लागि देशभरका शक्तिपीठको नखोल्न गृह मन्त्रालयको निर्णय


ई–साझाकुरा, कार्तिक १
गृह मन्त्रालयले दसैँको बेला देशभरका मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्ने निर्णय गरेको छ ।
मन्त्रालयले मन्दिर तथा शक्तिपीठहरुमा भीडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाएको हो । तर, नित्य पूजाआजा भने नियमित रुपमा सूरु गर्न सकिनेछ ।

दसैँको बेला विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा हु्ने धेरै संख्यामा भक्तालु पुग्ने भएकाले मन्त्रालयले त्यस्तो निर्णय लिइएको जनाएको छ । त्यसैले मन्दिरहरुमा हुनसक्ने भिडभाडलाई ध्यान दिँदै सरकारले नियमित पूजाआजा बाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाइएको छ ।
यस अघि बिभिन्न शक्तिपीठका व्यवस्थापकहरुको निर्णयबाट कात्तिक १ गतेदेखि शक्तिपीठहरु खुल्ने बताइएको थियो । दसैंको समयमा विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरू खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरूले बताएका छन् ।
यस अनुसार काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुल्ने बताइएको थियो ।
विभिन्न गुठियारहरूको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुला गरिनुपर्ने मन्दिर व्यवस्थापकहरुको भनाई रहेको छ ।
तर गृह मन्त्रालयको आजको निर्णय पछि पुनः शक्तिपीठहरु सर्वसाधारणका लागि नखुल्ने तर नित्य पूजाका लागि भने खोल्न सकिने भएको छ ।


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया