कपिलवस्तुमा शुक्रबार थप १३ जना कोरोना

कपिलवस्तुमा शुक्रबार थप १३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार कपिलवस्तु नगरपालिकामा ५ जना, कृष्णनगर नगरपालिकाम ३ जना, बाणगंगा नगरपालिकामा २ जना , बुद्धभूमि नगरपालिकामा २ जना र शिवराज नगरपालिकामा १ गरि थप १३ संक्रमित थपिएका हुन् ।
साथै शुक्रबार नै होम आइसोलेसन, संस्थागत आइसोलेसन तथा अस्पतालहरुबाट ३५ जना संक्रमित निको भै घर फर्किएका छन् ।योसंगै जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।

प्रतिक्रिया

खबर सबै