

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठद्वारा शपथ ग्रहण





काठमाण्डौ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज मङ्गलवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई शीतल निवासमा शपथ गराउनुभएको हो ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले हिजो सोमवार श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । संसदीय सुनुवाइ समितिले हिजो नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।
विसं २०१६ असोज २० मा डोटीमा जन्मिनुभएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा अहिले काठमाण्डौको कुलेश्वरमा बस्दै आउनुभएको छ । श्रेष्ठ विसं २०८१ असोज १९ गतेपछि अनिवार्य अवकाश हुनुहुनेछ ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया