
कर्मचारीकै गिरोहले यसरी दिए सुन तस्करलाई नागरिकता

सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सीआईबीको टोलीले अनुसन्धान शुरू गरेको छ । आइतबार साँझसम्म काभ्रे जिल्ला प्रशासन कार्यालयबाट ५ जना विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको भेटिएको छ
६० किलो सुन तस्करीको योजनाकारमध्येका एक दावा छिरिङलगायत ५ जना विदेशी नागरिकलाई नागरिकता दिन कर्मचारीकै गिरोहसमेत सक्रिय भएको देखिएको छ । दावाले माथिदेखि तल कर्मचारीसम्ममा नै सेटिङ गरेर नागरिकता हत्याएको देखिएको छ ।
तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारीका रूपमा शिव सिंखडा कार्यरत हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा कार्यरत तत्कालीन समयका अधिकृत भूपेन्द्र पाण्डेय हाल लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । उनी अहिले उपसचिव छन् । अर्का अधिकृत झपेन्द्रराज खरेल छन् । उनकै हस्ताक्षरबाट निमा र पासाङका नाममा नागरिकता जारी भएको छ । खरेल हाल मेलम्ची नगरपालिकाको सूचना अधिकृत छन् । उनकै हस्ताक्षरमा अधिकांश नागरिकता जारी भएका छन् ।
सोही फाँटमा कार्यरत नायब सुब्बा रामचन्द्र अर्याल थिए । अनुसूची गायब बनाउँदै विदेशी र स्वदेशीलाई नक्कली कागजात तयार गरी नागरिकता वितरणमा मुख्य भूमिका उनको देखिन्छ । उनी हाल काठमाडौं गुर्जुधारास्थित यातायात कार्यालयमा कार्यरत छन् । उनीहरूले सम्पन्न गरेको कार्य गर्ने कम्प्युटर अपरेटर हीराकाजी तामाङ थिए ।
एकपटक कारबाहीमा परेका उनी अस्थायी थिए । जिल्ला प्रशासन कार्यालय काभ्रेमा रहँदा उनलाई कारबाही गरेर फेरि राजनीतिक संरक्षणमा काममा फर्किएका थिए ।
पछि उनले लोकसेवा आयोगबाट नाम निकालेर मण्डनदेउपुर, तेमाल हुँदै हाल चौंरीदेउराली गाउँपालिकाको वडानम्बर १ को सचिवको जिम्मेवारीमा छन् । नागरिकता टाइप गर्ने र सेटिङ मिलाउने अभियानमा उहाँ पनि संलग्न रहेको स्रोतको दाबी छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया