

कोइलीचौरको खाली जग्गामा बृक्षरोपण





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले वनको खाली क्षेत्रमा आइतबार बृक्षरोपण गरेको छ । वनको करिब चार हेक्टर क्षेफलमा विभिन्न प्रजातिका बिरुवा रोपिएको वनका अध्यक्ष कुनतामणी भुषालले जानकारी दिनुभयो ।
वनको खाली जमिनमा आँप, लिचि, कटहर, कागति लगाएतका गरी ८ सय बढी बिरुवा रोपिएको छ । वन क्षेत्र अतिक्रमणमा पर्न थालेपछि वन उपभोक्ता समुहले उक्त जग्गामा उत्पादनमूलक बिरुवा रोपिएको बताएका छन् । अहिले रोपिएका बिरुवाबाट उत्पादन हुने फललाई वन समुहका उपभोक्ताहरुले आर्थिक आम्दानीको गतिलो स्रोत समेत बनाउन सक्ने अध्यक्ष भुषालको भनाई छ । अहिले रोपिएका बिरुवाले केही वर्षमै उत्पादन दिन थाल्ने र त्यो उत्पादनलाई बजारीकरण गरी उपभोक्तालाई स्वरोजगार बनाउन सकिने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा वनका अध्यक्ष कुन्तामणी भुषालको अध्यक्षता सहित डिभिजन वन कार्यालय तौलिहवाका सहायक अधिकृत सन्तबहादुर थिङको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलको विशिष्ठ आतिथ्यतासहित वनका सल्लाकार नारायण खनाल, पुर्व अध्यक्ष तथा सल्लाहाकार हरिराज घिमिरे, अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सन्तबहादुर थिङले बोट बिरुवा र मानव जगत बिचको सम्बन्ध घनिष्ट रहेकाले यसको संरक्षण र विकासमा लाग्नु मुख्य दायित्य रहेको बताउनुभयो । बिरुवा लगाईसकेपछि त्यो बिरुवा रुख नबन्दा सम्म संरक्षण आवश्यक रहने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष कमल पौडेलले पछिल्लो समय वनहरुमा निकै प्रतिश्प्रर्धा भइरहेको भन्दै वृक्षरोपण जस्ता गतिविधिमा यो प्रतिश्प्रर्धा राम्रो रहेको बताउनुभयो । उहाँले वृक्षरोपणमा भएको प्रतिश्प्रर्धा जस्तै यसको संरक्षण र नयाँ मोडलको रुपमा देखाउनु आवश्यक रहेको बताउनुभयो । बोटबिरुवा मात्रै नभई फलफूलका बिरुवा रोप्दा कम्तिमा २ वर्षमा आम्दानी लिन सकिने भन्दै यो अभियान राम्रो रहेको पनि बताउनुभयो । बनलाई बगैँचाको रुपमा विकास गरी त्यसबाट आम्दानी लन सकिने पनि उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक वनहरुले विकासका काम समेत गरेको भन्दै विशेष गरी सँचाईका कार्यक्रममा नहर निर्माण राम्रो कार्यक्रम रहेको बताएका थिए । वन कार्यसमितिका कोषाध्यक्ष शुष्मा क्षेत्रीको संचालनमा सम्पन्न कार्यक्रममा वन उपभोक्ता समुहका सदस्यहरु तथा उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश













प्रतिक्रिया