

कपिलवस्तुमा घाँसे मैदान बनेको शंकरपुर तालको जग्गा अतिक्रमणमा परेपछि…





कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको शंकरपुर ताल अतिक्रमणमा परेको छ । गत वर्ष वर्षामा तालको बाँध भत्किएपछि घाँसे मैदान बनेको तालमा अतिक्रमण सुरु भएको हो ।
हाल वर्षातको सिजन भए पनि तालमा पानी छैन । त्यसैमा स्थानीयले कब्जागरी खेती गर्न सुरु गरेका छन् । राजनीतिक दलको आडमा जबरजस्ती तालको जग्गा कब्जाको प्रयास भएको स्थानीयहरुको भनाइ छ ।
५० बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको तालको डिलमा विप्लव समूहका कार्यकर्ताले जोतभोग गर्न थालेको चेतनशील सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । वन समूहले असार २७ गते डिभिजन वन कार्यालय (गौतमबुद्ध) चन्द्रौटालाई पत्राचार गरी अतिक्रमण हटाउन अनुरोध समेत गरेको छ ।
सो पत्रमा नेकपा माओवादी (विप्लव) का केही कार्यकर्ता मिली पटक–पटक अनधिकृत रुपमा ३ हेक्टर जग्गा ताल र बनको जग्गा अतिक्रमण गरेको उल्लेख गरिएको छ । शिवगढी सवडिभिजन कार्यालयका अधिकृत दीपक चौधरीले अतिक्रमण गरिएको जग्गा हटाउन आवश्यक पहलको प्रक्रिया चालिएको बताउनुभयो ।
शंकरपुर ताल गाउँपालिकाको पर्यटकीय सम्भावना रहेको क्षेत्र समेत मानिन्छ । तालको संरक्षण र प्रवर्धन नहुँदा अतिक्रमणको जोखिममा परेको छ । ताल छेउछाउ अतिक्रमण गरी अडहर खेती सुरु भएको स्थानीयको भनाइ छ ।
जानु पाण्डेले गोरखापत्रमा समाचार लेखेका छन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया