साक्षरता प्रदेश घोषणा हुदै लुम्बिनी

बुटवल

सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै लुम्बिनी प्रदेश पूर्ण साक्षरता घोषणाको तयारीमा छ । २०६४ सालदेखि सुरु भएको साक्षरता घोषणा गर्ने अभियान अन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन् । तीमध्ये लुम्बिनी प्रदेशका १२ वटै जिल्ला साक्षर घोषणा भएपछि प्रदेशलाई नै औपचारिक रूपमा साक्षरता घोषणा गर्ने तयारीमा प्रदेश सरकार लागिरहेको छ ।

नेपाल सरकार, शिक्षा मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले अहिलेसम्म मन्त्रालयमा प्राप्त रेकर्ड अनुसार ६४ जिल्ला साक्षर घोषणा भएको बताए । अझै १३ जिल्ला साक्षर घोषणा हुन सकेका छैनन् ।

शिक्षा मन्त्रालयका अनौपचारिक शिक्षा शाखाका अधिकृत वैकुण्ठ आचार्यका अनुसार लुम्बिनी प्रदेशका जिल्लाहरु साक्षर घोषणा भएकाले अब प्रदेशलाई नै साक्षर घोषणा गर्न सकिने बताए ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये कपिलवस्तु गत असारको दोस्रो हप्ता साक्षरता घोषणा भएको थियो ।

लुम्बिनी प्रदेशमा १२ जिल्लामध्ये सबै भन्दा पहिला पाल्पा (२०६९ सालमा) साक्षर घोषणा भएको थियो । रुपन्देही र नवलपरासी २०७४ सालमा एकै पटक साक्षर घोषणा भएका थिए । त्यसपछि क्रमशः अन्य जिल्लालाई साक्षर घोषणा गरिएको हो ।

प्रतिक्रिया

खबर सबै