

लायन्स कपिलवस्तु सहित चार संस्थाले एकै साथ प्रदान गरे डुवान पिडितलाई राहत





कपिलवस्तु
बाणगंगा नगरपालिका वडा नम्बर ७ का डुवान पिडित परिवारलाई राहात वितरण गरिएको छ । विभिन्न संघ संस्थाले बुधबार डुवानबाट पिडित घरपरिवारलाई राहात वितरण गरेका हुन् । जिल्लामा सक्रिय लायन्स कल्व अफ कपिलवस्तु, कपिलवस्तु जेसिज र लियो कल्व अफ कपिलवस्तुले संयुक्त रुपमा राहत प्रदान गरेका हुन् । यस्तै राहत वितरण कार्यक्रममा कपिलवस्तु वन पैदावरको पनि सहयोग रहेको थियो ।
मंगलवार राति परेको अविरल वर्षाका कारण १ सय ६३ घर डुबानमा परेका थिए । बाणगंगाको वडा न.७ र ८ मा पर्ने प्रगति टोल, चौरी गाउँ, शान्ति टोल, पुल चोक, उत्तर र सिसनिया लगायतका क्षेत्रका घरहरु डुवानमा परेका हुन ।राहतमा खटिएका तिन कल्वले करिब ४० हजार बराबरको सामग्री प्रदान गरेको लायन्स कल्व अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले जानकारी दिए । उनले बाढिले डुवानमा परेका परिवारमा पर्न गएको क्षती प्रती दुःख व्यक्त गर्दै अन्य निकायहरुलाई पनि सहयोगमा जुट्न आग्रह गरे ।
अध्यक्ष घिमिरेले लायन्स कल्व अफ कपिलवस्तुले थप सहयोगका लागि दात्रि निकाय संग पहल गर्ने बताए । उनले यस्ता विपद व्यवस्थापनका लागी कल्व हर्दम तयारी अवस्थामा रहेको बताए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया