

४१ औँ बीपी स्मृति दिवस : नेपाली कांग्रेसद्धारा बाणगंगाको एक विद्यालयमा वृक्षारोपण





कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले ४१ औँ बीपी स्मृति दिवसको अवसरमा बाणगंगाको एक सामुदायिक विद्यालयमा वृक्षरोपण गरेको छ । शनिबार बाणगंगाको बुङ्चि स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण गर्दै नेता तथा कार्यक्रताहरुले उहाँको नेपाली राजनितिको योगदानको चर्चा समेत गरेका थिए ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा नेपाली कांग्रेस कपिलवस्तु प्रदेश सभा क्षेत्र नम्बर १ कार्यसमितिले आयाजना गरेको उक्त कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता तथा साहित्यकार मोहन ज्ञवालीले विद्यालय परिसरमा स्वमीको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । यसबाहेक अन्य विरुवा समेत रोपिएको नेपाली कांग्रेस प्रदेश सभा १ का सभापति दुर्गा के.सीले जानकारी दिएका छन् ।
वृक्षारोपण सहित अन्र्तक्रिया कार्यक्रममा बीपीको सम्झनामा कार्यक्रम गरी उनको योगदानको विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति दुर्गा के.सीको सभापतित्वसहित साहित्यकार मोहन ज्ञवालीको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव शक्ति सिँह ठकुरीको विशिष्ठ आतिथ्यतासहित कांग्रेस नेताहरु हरिराज घिमिरे, छविलाल नेपाली, अन्जु अधिकारी, कमल आचार्य, स्याम गुप्ता, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु, नगर समितिका नेता तथा कार्यक्रताहरु र कांग्रेस निकट विभिन्न भातृ संस्थाहरुका पदाधिकारी नेताहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली प्रजातान्त्रिक आन्दोलनमा विपिले मेलमिलापको नितिसहित समाजवादी राजनितिको सुत्रपात गरेको भन्दै अहिले पनि उक्त सिद्धान्त अझै महत्वका साथ उठिरहेकाले कांग्रेसले त्यसलाई आत्मसाथ गर्दै जानुपर्ने बताएका थिए । नेपाली कांग्रेस क्षेत्रीय सभापति के.सीले बीपीको आदर्श, राजनीति र दूरदर्शी सोच अहिलेको पुस्ताका लागि अनुकरणीय रहेको बताए ।
यस्तै साहित्यार ज्ञवालीले बीपी कोइरालाले प्रजातन्त्र स्थापनाका लागि खेल्नु भएको भूमिका, मुलुकको विकासका लागि उल्लेख्य रहेको भन्दैे उहाँको योगदान नेपाली साहित्य जगतका लागि पनि महत्वपूर्ण बनेको बताए ।
कार्यक्रममा सिद्धार्थ माविका प्रधानाध्यापक इश्वर थापाले बीपी जयन्ती तथा स्मृति दिवसका अवसरमा विगत देखि नै वृक्षारोपणको कार्य हुँदै आएको सन्दर्भमा बिरुवा कति लगायौँ भन्ने भन्दा पनि कति बचाउन सफल भयौँ भन्ने विषय महत्त्वपूर्ण हुने बताए । उनले यसपटक लगाइएका बिरुवा सतप्रतिशत फुल्ने र फल्ने गरी वृक्षरोपण गर्नुपर्ने समेत बताएका थिए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प












प्रतिक्रिया