


नेपालमा कोरोना : पछिल्लो ५ दिनमा ८० जनाको मृत्यु



असोज २९ काठमाडौं ।
नेपालमा ९कोभिड(१९० संक्रमणबाट पछिल्लो ५ दिनमै ८० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएसँगै यही साताको ५ दिनमा मात्र मृत्यु हुनेको संख्या ८० जना पुगेको हो।
यसअघि हिजो १२ जना र अस्ति मंगलबार १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यसैगरी सोमबार ९ जना र आइतबार २२ जनाको मृत्यु भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको जनाएको छ। पछिल्लो समय मन्त्रालयले मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण गर्न छोडेको छ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ। नेपालमा पहिलो पटक कोरोना भाइरसबाट सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको गत जेठ ३ गते धुलिखेलमा मृत्यु भएको थियो।
त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर सुत्केरी भएपछि वैशाख २५ मा डिस्चार्ज भएकी उनको बिहीबार राति १० बजे धुलिखेल अस्पतालमा ज्यान गएको थियो।
नेपालमा पहिलो पटक चीनबाट आएका युवकमा कोरोना देखिएको थियो। २०७६ माघदेखि संक्रमण फैलिएको नेपालमा संक्रमितको संख्या २८१ पुगेपछि पहिलो संक्रमितको ज्यान गएको थियो। नेपालमा अहिलेसम्म संक्रमितको संख्या एक लाख २१ हजार ७ सय ४५ पुगिसकेको छ।
नेपालमा बिहीबारसम्म लक्षणसहितका बिरामी तीव्र गतिमा थपिएपछि सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगिसकेको छ। संक्रमित निको हुने दर घट्दै गइरहेको छ भने मृत्यु हुने दर विस्तारै बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएअनुसार बिहीबार देशभर ३५ सय ६४ संक्रमित कोरोनामुक्त भएका छन्। कोरोना मुक्त हुनेहरूको यो दर ६९ दशमलव ४ प्रतिशत छ। हालसम्म कुल ८४ हजार ५१८ जनाले कोरोना जितेका छन्।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया