

रुपन्देहीमा मिटरव्याज सम्बन्धी ९३ उजुरी फछ्र्याैट





बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मिटरव्याज सम्बन्धी ९३ वटा उजुरी पछ्र्यौट भएका जनाइएको छ । सरकारले देशभरबाट मिटरव्याज पिडितका उजुरी दर्ता गर्ने अभियान चालएसँगै रुपन्देहीमा दर्ता भएका ५ सय बढी उजुरी उपर गरिएको छलफलका क्रममा अहिले सम्म ९३ उजुरी पछ्र्याैट भएको हो ।
रुपन्देहीमा कुल ५३६ उजुरी परेका मध्ये हालसम्म १८३ वटा उजुरीउपर छलफल भएको र छलफल गराइएका मध्ये ९३ वटा उजुरी फछ्र्यौट भएको जिल्ला प्रशासन कार्यालयका नासु बालकृष्ण आचार्यले बताए ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालयका प्रवक्ता रामचन्द्र अर्यालको नेतृत्वमा प्रशासन कार्यालयमा दिनहुं जसो दुवै पक्षका बीचमा छलफल भइरहेको छ ।
जिल्ला प्रशासनमा दर्ता भएका उजुरीहरुमा दुई लाखदेखि करोडौं रकमसम्मका लेनदेन र कारोबारका विषयहरु रहेको बताइएको छ । ती सबै उजुरीमा दुवै पक्ष र जिल्लास्तरीय कार्यदलका बीच छलफल हुंदै आएको छ ।
वैदेशिक रोजगारीमा जान लाग्ने खर्च व्यवस्थापन गर्न, बिरामी हुंदा उपचार गर्न, छोराछोरीको विवाह, व्रतबन्ध, किरिया खर्च, चाडवाड खर्च लगायतमा रकम लगेर नदिएको उजुरी छन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया