

भलवाडमा सुरु भयो बेतबाँसजन्य समाग्री उत्पदन कार्यक्रम





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दैनिक घरायसी प्रयोजनमा आउने परम्परागत स्थानीय साधानको निर्माण र त्यसैबाट आयाआर्जन गरी गरिबीनिवारण गर्ने उद्देश्यसहित एक सामुदायिक वन, एक उद्यम कार्यक्रम संचालन गरिएको छ ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्लाबास स्थित खुतखुते सामुदायिक वन उपभोक्ता समुहले गरिबी न्युनिकरण कार्यक्रम अन्र्तगत एक सामुदायिक वन एक उद्यम विकास कार्यक्रम संचालन गरेको हो ।
आइतबार वन उपभोक्ता समुहका अध्यक्ष भिमबहादुर पुनको अध्यक्षतामा आयोजना गरीएको कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमूख विजयराज सुवेदीको प्रमूख आतिथ्यताका बिच उक्त कार्यक्रम वनसमितिलाई हस्तान्त्रण गरिएको छ ।
यहाँ खासगरी दैनिक प्रयोगमा आउने बाँसबाट बनेका सामाग्रीहरु डोको, डालो, नाङ्लो लगाएतका सामग्री उत्पादन गर्ने गरिएको छ । खुतखुते सामुदायिक वन उपभोक्त समुह वडा नम्बर ९ उत्तमनगर टोल भर्लाबासमा एक सामुदायिक वन, एक उद्यम कार्यक्रम अन्र्तगत विशेष गरी स्थानीय स्तरमा उपलब्ध हुने वेतबाँसजन्य सामग्री उत्पादनका लागि आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट स्थानीयले यहाँ उक्त सामग्री उत्पादन गर्ने गर्दछन् ।
यसबाट स्थानीयहरुमा बाँसबाट बन्ने विभिन्न सामग्री उत्पादन गरी त्यसको बजारीकरणबाट आयअर्जनको माध्यम समेत बनाउन सकिने वनका अध्यक्ष भिमबहादुर पुनले बताउनुभयो । डिभिजन वन कार्यालयको रु. ५ लाख र समुहको तर्फबाट २ लाख ७० हजार गरी कुल ७ लाख ७० हजारको लागतमा कार्यक्रम संचालनमा आएको हो ।
कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुवेदीले स्थानीय स्तरमा उपलब्ध हुने वेतबाँसबाट विभिन्न समाग्री निर्माण गरी त्यसबाट आयआर्जनको माध्यम बनाउन सकिने बताउनुभयो । उहाँले गाउँघरमा पहिले देखि नै प्रयोगमा रहेका साधनहरु अहिले पनि प्रचलनमा रहेका कारण यस्ता साधनले बजार समेत पाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले ग्रामिण समुदायमा प्रयोग गरिने र दैनिक उपयोगमा आउने यस्ता सामग्री उत्पादन गर्न सके यसबाट रोजगारीसँगै आयआर्जन पनि गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालयका अधिृकत खिलबहादुर तामाङ, सव डिभिजन वन कार्यालय गोरुसिँगेका प्रमूख बसन्त थापा, लगाएतको विशिष्ठ आतिथ्यता रहेको थियो ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प













प्रतिक्रिया