सम्बन्धन नविकरण नगर्ने क्याम्पसलाई कार्वाहीको चेतावनी

कपिलवस्तु । त्रिभुवन विश्वविद्यालय, योजना निर्देशनालयले सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरुलाई त्रिवि सम्बन्धन समितिले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

कपिलवस्तु जिल्लाका दुई क्याम्पस सहित देशभरबाट त्यस्ता १७५ क्याम्पसहरुको सूची सार्वजनिक गर्दै निर्देशनालयले यस्तो बताएको हो । कपिलवस्तु जिल्लामा बाणगंगा नगरपालिकाबाट सञ्चालित दुई क्याम्पसहरु लुम्बिनी भिजन कलेज र सयपत्री क्याम्पसले सम्बन्धन नविकरण नगरेको जनाइएको छ ।

निर्देशनालयले बुधबार नवीकरण नगर्ने १७५ वटा क्याम्पसहरुको नामावली समेत सार्वजनिक गरेको छ । पटक पटक नवीकरणको लागि सूचित गरी नवीकरण गर्न अनुरोध गरेपनि नवीकरण नगरेकोले कारबाही गर्ने निर्णय गरेको जनाएको छ ।

निर्देशनालयले पुनश्चः यदि कुनै क्याम्प्स नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ ।

 हेर्नुहोस् नवीकरण नगर्ने कलेजको नामावली :

प्रतिक्रिया

खबर सबै