

पहिलो पटक भारत गएका भलवाडका बिकास सम्पर्कविहिन, खोजिदिन परिवारको आग्रह





कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका एक १८ वर्षी किशोर पछिल्लो एक सातादेखि सम्पर्कविहिन भएका छन् । उनको खोजि गरिदिन परिवारले आग्रह गरेका छन् ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका १८ वर्षीय किशोर विकास भाट क्षेत्री भारतको दिल्ली स्थित गुडगाउँबाट हराएका हुन। आफ्ना बुवा लाल बहादुरसँग सँगै रहेका उनी यहि असार १५ गते देखि एक्कासी सम्पर्कविहिन भएको उनका नेपाल स्थित परिवारजनले बताए ।
दिल्ली गुडगाउँ स्थित सेक्टर नम्बर ४३ मा उनी आफ्ना बुवा लालबहादुरसँग बिगत दुई महिना देखि बस्दै आएका थिए । राति सँगै सुतेका बाबुछोरा बिहान छोरालाई नदेखेपछि खोजिमा लागेका भए पनि हाल सम्म उनको कुनै अत्तोपत्तो नभएको उनका परिवारजनले साझाकुरासँग बताएका छन् ।
सम्पर्कविहिन भएका विकास गत जेठ महिनामा भारत गएका थिए । उनी कक्षा १२ को परीक्षा दिएपछि आफ्ना बुवासँग गएको विकासकी आमा सुधा भाट क्षेत्रीले बताउनुभयो ।
विकास सम्पर्क विहिन भएपछि यता घरपरिवार चिन्तामा परेका छन् । परीक्षा सकाएर बुवासँग भारत गएको छोरा एकाएक सम्पर्कविहिन हुँदा परिवारका सदस्यले खोजि गरिदिन आग्रह गरेका छन् । विकासका बुवा हाल भारतको गुडगाउँमा रहनुभएको छ । तर छोरा कहाँ गयो भन्ने अहिलेसम्म पत्ता लगाउन नसकेको उहाँको भनाईलाई उदृत गर्र्दै परिवारले बताएका छन् ।
केही साता अघि आफूलाई सन्चो नभएको बताएका विकासले राति बुवासँगै सुतेका बेला एक्कासी सम्पर्कविहिन हुँदा उनका आफ्न्त समेत अहिले चिन्तामा पिरोलिएका छन् । उनी पहिलो पटक भारत गएका थिए ।
उनलाई फेला पार्ने जो कसैले पनि उनको नेपाल स्थित परिवारको सम्पर्क ९८२५४७३७४२ र भारतको दिल्ली स्थित उनका बुवा लाल बहादुर भाट क्षेत्री (राजु) ९१८८००५०२१३१ मा फोन गरी जानकारी गराइदिन समेत आग्रह गरेका छन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया