

सिद्धार्थ क्याम्पसमा सुरु हुने भयो कक्षा ११ मा बिहानी र दिवा कक्षा





कपिलवस्तु । कपिलवस्तुकै पहिलो अन्तर्राष्ट्रियस्तरको ‘QAA’ गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त गर्न सफल सिद्धार्थ क्याम्पस बुङ्चीमा प्लस टु तर्फ बिहानी र दिवा दुबै कक्षा सञ्चालन हुने भएका छन् । २०४८ सालदेखि संचालित कपिलवस्तुकै सबैभन्दा पुरानोमध्ये एक यस क्याम्पसमा पहिलोपटक कक्षा ११ को पढाई ‘विहानी सिफ्ट’ मा संचालन गरिने भएको हो ।
विद्यार्थीको आवश्यकता र रुचीलाई मध्यनजर गर्दै साउन २ गतेदेखि क्याम्पसमा कक्षा ११ को पढाई विहानमा संचालनमा आउने भएको क्याम्पस प्रशासनले जनाएको छ । अहिले क्याम्पसमा कक्षा ११ मा ११५ र कक्षा १२ मा १३० गरी २४५ विद्यार्थी अध्ययनरत छन् ।
धेरै पहिलेदेखि अभिभावक र विद्यार्थीको यस खालको माग भएपनि अहिले निर्णय गरिएको सहायक क्याम्पस प्रमुख गोविन्द खनालले बताए । खनालले नयाँ भर्ना आरम्भसंगै विहानी सिफ्ट संचालन हुने जानकारी दिए । यससंगै अब विहान र दिउसो दुवै समयमा कक्षा ११ का विद्यार्थीले अध्ययनको मौका पाउने छन् ।
क्याम्पस प्रमुख बेदराज अर्यालले विहानी सिफ्टको कक्षा संचालनले विद्यार्थीलाई थप सहज हुने बताए । अर्यालले एसईईको नतिजा आएसंगै शिक्षा, मानविकी र ब्यवस्थापन संकायमा कक्षा ११ मा भर्ना खुलेको समेत बताए । बिहानी कक्षाका लागि यातायातको व्यवस्था पनि रहेको उनले जानकारी दिए ।
‘प्लस टु’ तर्फ शैक्षणिक कार्यक्रम संयोजक राज कुमार अर्यालले ‘प्लस टु’मा पनि अंग्रेजी र नेपाली दुवै माध्ययममा अध्यापन हुने बताए ।
त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त यो क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रियस्तरको ‘त्तब्ब्’ मान्यता पाउने जिल्लाको पहिलो क्याम्पस पनि हो । गुणस्तरिय शिक्षाको पर्याय बनेको सिद्धार्थ क्याम्पसले ‘प्लस टु’देखि ‘मास्टर्स लेभल’सम्मको अध्यापनमा आफूलाई अब्बल सावित गर्दै आएको छ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया