

अर्घाखाँचीको पणेनामा पहिरोले घर पुरियो, ३ बालबालिकाको मृत्यु




अर्घाखाँची । अर्घाखाँचीमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका–१ गोवनपानीमा माथिबाट खसेको पहिरोले घर पुर्दा तीन वालवालिकको ज्यान गएको हो ।
१२ वर्षीय खुमबहादुर राष्कोटी, ११ वर्षीय अञ्जु राष्कोटी र १० वर्षीय धनबहादुर राष्कोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
उक्त घटनामा सख्त घाइते भएका १४ वर्षीय सचिन राष्कोटीलाई थप उपचारको लागि पाल्पा पठाइएको छ । आज बिहान ८ बजेतिर एक्कासि घरमाथिबाट पहिरो खसेको र चार जना पुरिएको प्रहरी नायव उपरीक्षक रिजालले साझाकुरासँग बताउनुभयो ।
पुरिएका चारै जनालाई प्रहरी र स्थानीयले पहिरोबाट निकालेका थिए । रातभरको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर भत्किएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?












प्रतिक्रिया