

कपिलवस्तुमा ८ पालिका भए साक्षर, अब दुई पालिका बाँकी





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तु जिल्लामा हाल सम्म ८ वटा पालिका साक्षर घोषणा भएका छन् । आज (आइतबार) मायादेवी गाउँपालिकालाई साक्षर घोषणा गरिएसँगै जिल्लामा अब दुई पालिका मात्रै साक्षर घोषित हुन बाँकी रहेका छन् ।
केही दिन अघि जिल्लाको विजयगनर गाउँपालिका र कपिलवस्तु नगरपालिका साक्षर घोषित भएका थिए । अब कपिलवस्तुमा यशोधरा गाउँपालिका र कृष्णनगर नगरपालिका मात्रै साक्षर घोषित हुन बाँकी रहेका छन् ।
लुम्बिनी प्रदेशमा अन्य ११ जिल्लाका सबै पालिका साक्षर घोषित भई जिल्लाहरु पनि साक्षर बनिसकेका छन् । तर कपिलवस्तु जिल्ला मात्रै साक्षर बन्न नसक्दा लुम्बिनी प्रदेश नै अहिले सम्म साक्षर प्रदेशको सूचिमा पर्न सकेको छैन । यहाँका अधिकाशं पालिकाले साक्षरता प्रतिशत प्राप्त गर्न अबलम्बन गर्नुपर्ने मुल्याङ्कनका सूचक पुरा गर्न नसक्दा पटक पटक कपिलवस्तुलाई साक्षर घोषणा गर्न म्याद थपिदै आएको छ ।
अब जिल्लाका बाँकी दुई पालिका पनि साक्षर घोषणा पश्चात जिल्ला नै साक्षर घोषणा हुने र त्यस पछि लुम्बिनी प्रदेशलाई नै पूर्ण साक्षर प्रदेश घोषणा गर्ने तयारी रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमूख थानेश्वर घिमिरेले बताउनुभयो ।
आज मायादेवी गाउँपालिका साक्षर घोषणा भयो अब बाँकी दुई पालिकालाई पनि घोषणाको तयारी गरिएको छ। उहाँले भन्नुभयो ।
आज (आइतबार) मायादेवी गाउँपालिकालाई १५ देखी ६० बर्षका ९५ प्रतिशात नागरिक साक्षर भएपछि साक्षर घोषणा गरिएको हो । यही असरा मसान्त भित्रै बाँकी द्ुई पालिका पनि साक्षर घोषित हुने र त्यसपछि असार मसान्त भित्रै जिल्लालाई नै साक्षर जिल्ला घोषणाको तयारी पनि थालिएको घिमिरेले साझाकुरालाई जानकारी दिनुभयो ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया