

उद्योग व्यापार संघ कपिलवस्तुद्धरा स्थापना दिवसमा वृक्षारोपण





कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुले स्थापना दिवसको अवसमा वृक्षारोपण गरेको छ । संघले प्रथम स्थापना दिवसको अवसर पारेर वृक्षारोपण गरेको हो ।
बाणगंगा वडा न. ५ मा रहेको मधौलि वन उद्यान पार्कमा वृक्षारोपण गरिएको छ । वृक्षारोपणमा सौन्र्दयताका विभिन्न विरुवा रेपिएको हो । वृक्षारोपण गरिएका पाँच थरिका विरुवा हुर्काउने जिम्मा पनि संघ आफैले लिएको जनाएको छ । वृक्षारोपण कार्यक्रमलाई संम्बोधन गर्दै उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल)ले बाणगंगाको चिनारीको रुपमा स्थापित हुन सफल मधौलि वन उद्यान पार्क (लभ पार्क) लाई थप सौन्र्दयता प्रदान गर्नका लागि सबैले भुमिका खेल्नुपर्ने बताए ।
उनले बाणगंगाको मात्र नभएर रष्ट्रको आर्थिक संवृद्धिका लागि वन र उद्यान पार्कले महत्वपुर्ण भुमिका खेलेको बताए । उनले उद्योग व्यापार संघ कपिलवस्तु अर्थतन्तको विकासका लागि वन, उद्यान पार्क जस्ता सम्पतिलाई संरक्षण गर्नु सबैको दाईत्व हुन आउने बताए ।
साथै उनले लभ पार्कले प्रर्यटकिय हिसाबले पनि निकै चर्चामा रहेको बताउदै आगामी दिनमा पनि हरेक क्षेत्रमा व्यापार संघले सहकार्य गर्दै अगाडि बढ्ने बताए । उपस्थित व्यापार संघका संरक्षक टोपनारण बेल्वासे, निर्वतमान अध्यक्ष हुमनाथ पौडेल, मधौलिया सामुदायिक वनका अध्यक्ष खडानन्द गौतम प्यापार संघका कार्यसमिति, लेखा समिति, सल्लाहकारज्युहरु, संरक्षकज्यु, निबर्तमान अध्यक्ष कार्यसमिति तथा पुर्ब कार्यसमिति, लगायको उपस्थित रहेको थियो ।
वृक्षारोपण कार्यक्रम संस्थाका माहासचिव बासुदेव खनालको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया