कपिलवस्तुमा रास्वपा कार्यक्रताले धान रोपेर मनाए धान दिवस

कपिलवस्तु । कपिलवस्तुमा राष्ट्रिय धान दिवस कार्यक्रम भव्यताका साथ मनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुको आयोजनामा असार १५ अर्थात राष्ट्रिय धान दिवस कार्यक्रम वाणगंगा ११ ओदारी कपिलवस्तुमा भब्य कार्यक्रम गरि मनाइएको कोपिल पौडेलले जानकारी दिनुभयो ।

दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता लक्षमण कँडेलको प्राविधिक सहयोगमा ओदारीमा धान रोप्दै हिलो खेलेर दही चिउरा खाएर मनाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका प्रदेश प्रवक्ता कमल पोख्रेलले कला संस्कृतिको संरक्षणमा विशेष ध्यान दिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले धान दिवसको गरीमालाई अझ उचो बनाइ राख्न भव्यताका साथ धान दिवस मनाउने कार्यक्रम गरेको बताउनुभयो । जिल्ला सभापति शिव कुमार सुवेदीले किसानका पिडा बुझ्न सक्ने एक मात्र पार्टी रास्वपा नै रहेको जिकिर गर्नुभयो ।

क्षेत्रीय सदस्य विक्रम थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै आगामी निर्वाचनमा दुई तिहाई मत ल्याएर देशको काँचुली फेर्न सक्ने दावी गर्नुभयो ।

कार्यक्रममा पार्टीका प्रदेश प्रवक्ता कमलराज पोख्रेल, जिल्ला सभापति शिव कुमार सुवेदी, क्षेत्रीय सदस्य विक्रम थापा, नगर सभापति बुद्धि सागर वेल्वासे, कपिलवस्तु उद्योग व्यापार संगठनका जिल्ला अध्यक्ष खिमानन्द पौडेल कोपिल, नेताहरु लक्षमण कंडेल, विभिन्न विभाग, जिल्ला तथा वडा कमिटी लगायतका प्रतिनिधी नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

खबर सबै