

कपिलवस्तुमा खोरेत बिरुद्ध ६९ हजार बढी पशुलाई खोप प्रदान





राजेन्द्र खनाल, कपिलवस्तु । घरपालुवा जनावरममा लाग्ने खोरेत रोग बिरुद्ध कपिलवस्तु जिल्लामा पछिल्लो एक आर्थिक वर्षमा झण्डै ७० हजार पशुलाई खोप लगाइएको छ । विशेष गरी घरपालुवा जनावरहरुमा देखिने यो रोगबिरुद्ध कपिलवस्तुमा पछिल्लो तीन वर्ष देखि खोरेत बिरुद्धको खोप (एफ.एम.डी भ्याक्सिन) दिन सुरु गरिएको हो ।
चालु आर्थिक वर्षमा अहिलेसम्म खोरेत रोगबाट घरपालुवा जनावरलाई रोग नलागेको कपिलवस्तुका पशु विकास अधिकृत गणेश पुनले जानकारी दिनुभयो । खासगरी कपिलवस्तुमा गाइभैसि र बंगुरमा बढी मात्रमा देखिने यो रोग यसपटक भने महामारीको रुपमा नदेखिएको भए पनि सामान्य संक्रमण रहेको उहाँले साझाकुरासँग बताउनुभयो ।
अहिले पनि जिल्लाका कतिपय स्थानमा खोप लगाउने कार्यक्रम संचालन भइरहेको छ । पशु विकास तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका प्रमूख डा. सर्वेज आलमका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा गरी अहिले सम्म ६ लाख ८० हजार घरपालुवा पशुलाई खोरेत बिरुद्धको खोप लगाइएको छ । प्रदेश भर यो आर्थिक वर्षमा १३ लाख ५ हजार पशुमा खोप लगाउने निर्देशनालयको लक्षय रहेको डा. आलमले साझाकुरालाई जानकारी दिनुभयो ।
कपिलवस्तुमा ६९ हजार ३०० खोप पालिकाहरुलाई वितरण भएको पशु विकास अधिकृत गणेश पुनले जानकारी दिनुभयो । “अहिले खोरेत महामारीको रुपमा छैन, खोप लगाइएको छ । अहिले वितरण गरिएको खोपले जिल्लाभर पुग्ने अवस्था छ । उहाँले भन्नुभयो ।”
हालसम्म नेपालका ३७ बढी जिल्लामा खोरेत रोगको संक्रमण फैलिसकेको छ । विभिन्न जिल्लाबाट ल्याएको सेम्पल परीक्षण गर्दा पशुमा खोरेत रोग पुष्टि भएको हो । चालू आर्थिक वर्षमा मात्र ३७ भन्दा बढी जिल्लामा खोरेत रोग देखा परिसकेको छ । २०७५ मा खोरेत रोगको संक्रमण धेरै फैलिएको थियो । त्यस यता २०७६ र २०७७ मा भने कम देखिएको थियो भने २०७८ मा फेरी तीब्र रूपमा खोरेत रोग फैलिरहेको थियो ।
घरपालुवा पशुहरुमा यो रोगको संक्रमण महामारीको रुपमा फैलिन थालेपछि सरकारले भ्याक्सिनको व्यवस्था गरेको हो । पछिल्लो तीन वर्ष देखि भ्याक्सिन अनिवार्य गरिएपछि खोरेत न्युनिकरणमा जाने देखिएको छ ।
खोरेत रोग लागेका पशुमा विशेष गरी खुरको कापमा घाउ हुने समस्या देखा पर्छ भने सुरुमा पशुले राम्ररी नखाने, मुख तथा गिजामा पानी पोका आउने र पछि फुटेर घाउ बन्ने, राल काढ्ने, झोक्राउने नउग्राउने, धेरै ज्वरो आउँने जस्ता समस्या देखिने पशु विज्ञहरुको भनाई छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया