

खोजिपुर सामुदायिक वनमा रोपियो २५ सय बिरुवा





कपिलवस्तु । ‘सन्ततीका लागि सोचौ, समृद्धि र हरियालीका लागि रुख रोपौ ’ भन्ने नाराका साथ कपिलवस्तुका दुई छुट्टाछुट्टै स्थानमा बृक्षरोपण गरिएको छ । राष्ट्रिय बृक्षारोपण दिवस, २०८० का अवसरमा कपिलवस्तुका २ स्थानमा बृक्षारोपणको शुभारम्भ गरिएको हो ।
दिवसका अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवा स्थित खोजिपुर सामुदायिक वन र बुद्धभुमी नगरपालिकाको बेला सामुदायिक वनमा बृक्षरोपण गरिएको छ ।
डिभिजन वन कार्यालय कपिलवस्तु र खोजिपुर सामुदायिक वन उपभोक्ता समुह जिनुवाको आयोजनामा गरिएको वृक्षरोपणमा वनक्षेत्रको १० हेक्टर जमिनमा २ हजार ५ सय बढी बिरुवा रोपिएको वनका अध्यक्ष दिपककुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा २५ हजार बिरुवा रोप्ने लक्ष्य छ । वन क्षेत्रमा आज टिक, अमला, जामुन, कागती, आँप लगाएतका बिरुवा रोपिएको उहाँले साझाकुरालाई जानकारी दिनुभयो ।
प्रदेश वन निर्देशक दधिलाल कडेँलको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रमका बिच बाणगंगा नगरपालिका– ९ जिनुवा स्थित खोजिपुर सामुदायिक वनमा वृक्षारोपण गरि यस डिभिजन वन कार्यालय कपिलवस्तुले बृक्षरोपण्को शुभारम्भ गरेको हो ।
यस्तै डिभिजन वन कार्यालय गौतमबुद्धले बुद्धभुमी नगरपालिका ९ स्थित बेलवा सामुदायिक वनको अतिक्रमित २६ दशमलव ५० हेक्टर क्षेत्रफलमा तारबार गरि बृक्षारोपण कार्यको शुरुवात गरेको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प












प्रतिक्रिया