

शिवराजमा वडा नम्बर ५ ले बनायो स्तनपान कक्ष





कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ ले वडा कार्यालको हाता भित्र स्तनपान कक्ष निर्माण गरि सञ्चालनमा ल्याएको छ । बुधबार (आज) एक कार्यक्रमका बिच नगर उप प्रमुख शिवकुमारी थारु र वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले सम्युक्तरुपमा रिवन काटेर स्तनपान कक्षको उदघाटन गर्नुभएको हो ।
वडा कार्यालयमा काम गर्ने महिला कर्मचारी तथा विभिन्न प्रकारका सेवा लिन आउने महिलालाई लक्षित गरी स्तनपान कक्ष सञ्चालनमा ल्याएको वडा नम्बर ५ का अध्यक्ष नेत्र प्रसाद बेल्बासेले बताउनु भयो ।
कार्यालयमा सेवा लिन आउने शिशुसहितका आमालाई कार्यालयमा आउँदा सार्वजनिकस्थलमा स्तनपान गराउन असहज हुने भएकाले वडा कार्यालयभित्रै एक अलग्गै स्तनपान कक्ष निर्माण गरेको वडा अध्यक्ष बेल्बासेले बताउनु भयो। अवका दिनमा महिलाहरूले खुल्ला स्थानमा असहजरूपमा स्तनपान गराउनु पर्ने बाध्यता हटेको उहाँले बताउनु भयो ।
शिवराज नगरपालिकाले हरेक वडामा स्तनपान कक्ष सञ्चालन को अभियानमा रहेको उप प्रमुख शिवकुमारी थारुले बताउनु भयो । आगामी दिनमा अन्य वडा कार्यालय परिसरमा पनि विस्तार गर्दै लगिने जानकारी दिँदै उप प्रमुख थारुले शिवराज नगरपालिकालाई महिलामैत्री, बालबालिकामैत्री र अपाङ्गतामैत्री नगरपालिकाको रुपमासमेत स्थापित गर्ने पहल भइरहेको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडाले वडामा स्तनपान कक्ष संचालन आएसगैं वडा कार्यालयमा सेवा लिन आउने शिशुसहितका आमालाई कार्यालयमा आउँदा सार्वजनिकस्थलमा स्तनपान गराउन सहज हुने बताउनु भयो।वडा सदस्य , वडाका कर्मचारी, महिला स्वास्थ्य स्वयमसेविकालगायतको सहभागितामा सम्मपन्न भएको कार्यक्रमको संचालन कार्यपालिका सदस्य प्रेम सुनारले गर्नु भएको थियो ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया