

कपिलवस्तुका ८ पालिकाको मात्रै बजेट पेश





कपिलवस्तु । कपिलवस्तुका दशवटै पालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि बार्षिक नीति तथा कार्यक्रम सार्बजनिक गरेका छन । १० मध्ये ८ पालिकाले बजेट सहीत नीति कार्यक्रम सार्वजनिक गरेका छन भने २ पालिकाले नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरेका हुन ।
जिल्लामा बााणगंगा नगरपालिका र बुद्धभुमि नगरपालिकाले शनिबार नै वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेका थिए भने कपिलवस्तु, महाराजगंज, कृष्णगनर र शिवराज नगरपालिकाले आईतावार बजेट सहीत नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन ।
यस्तै गाउँपालिका तर्फ बिजयनगर र शुद्धोदन गाउपालिकाले पनि आईतावार बार्षिक नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका छन । तर मायादेबी गाउपालिका र यशोधरा गाउपालिकाले भने बाािर्षक नीति र कार्यक्रम मात्र ल्याएका छन । यी दुई पालिकाले बजेट भने सार्वजनिक गर्न सकेनन् । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानीय तहहरुले असार १० भित्रै बजेट पेश गर्नुपर्ने व्यवस्था छ ।
आगामी आर्थिक वर्षका लागि कपिलवस्तु नगरपालिकाले ९२ करोड ९२ लाखको बजेट पेश गरेको छ भने बाणगंगाको १ अर्व ५६ करोड ३२ लाख ९३ हजार, बुद्धुभुमीको १ अर्व १८ करोड २२ लाख २७ हजार, महाराजगंजको ९२ करोड ७५ लाख ८१ हजारको बजेट पेश भएको छ ।
यस बाहेक शिवराज नगरपालिकाले १ अर्व २७ करोड ५ लाख ५० को बजेट ल्याउँदा कृष्णनगर नगरपालिकाले ६८ करोड ९९ लाख ८६ हजार १२५ रुपैया को बजेट पेश गरेको छ ।
यस्तै बिजनगर गाउँपालिकाको ५५ करोड ७९ लाख ८ हजार र शुुद्धोन गाउँपालिकाले ४९ करोड ४२ लाख ५८ हजार २३ रुपैया बजेट प्रस्तुत गरेका छन ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया