आफुले सम्हालेको मन्त्रालयलाई अपांगतामैत्री र नमूना मन्त्रालय बनाइने मन्त्री आचार्यको भनाइ

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालय बनाइने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयसम्बन्धी विनियोजनसम्बन्धी शीर्षकको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री आचार्यले नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालयकारुपमा विकास गर्ने कार्य अघि बढिरहेको बताएका हुन्।

मन्त्री आचार्यले मन्त्रालय अन्तरगतको राष्ट्रपति महिला सशक्तिकरण परियोजनाअन्तरगत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ५३६ जना गर्भवती तथा सुत्केरीको हवाई उद्दार गरिएको जानकारी दिए।

उनले आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमको प्रभावकारिता अध्ययन गरी परियोजनालाई थप परिमार्जन गरी निरन्तरता दिने बताए। मन्त्रालयबाट सञ्चालित कार्यक्रम र प्रवाह गरिएको सर्शत अनुदानको प्रभावकारिताको अनुगमन गर्न अन्तरमन्त्रालय एकीकृत अनुगमन कार्यक्रम रहेको उनको भनाइ छ।

संघ,प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन लागि अन्तरतह समन्वयन कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको उनको भनाइ छ।

प्रतिक्रिया

खबर सबै