

कपिलवस्तुमा ‘लम्पी स्किन’ रोगको प्रकोप, १२ हजार बढी पशुमा संक्रमण, ३ सय बढी मरे





राजेन्द्र खनाल, कपिलवस्तु । केही महिना यता देशभरका जिल्लाका गाइगोरुमा प्रकोपको रुपमा फैलिरहेको ‘लम्पी स्किन डिजिज’ (छालामा हुने गिर्खे रोग)को असर कपिलवस्तुमा समेत परेको पइएको छ । जिल्लाका चारवटा पालिकामा पालिएका तथा छाडा छोडिएका गाइगोरुमा लम्पी स्किन रोगको असर फैलिएको छ ।
कपिलवस्तुमा पहिलो पटक यो रोग गत मंसिर महिनामा देखिएको थियो । त्यस यता अहिले सम्म १२ हजार बढी चौपायलाई यो रोगको संक्रमण भएको छ भने अहिले सम्म करिब ३ सय बढी पशुको मृत्यु भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका अनुसार गत मंसिर र पुष महिनामा यहाँ लम्पी स्किन रोग फेला परिएको थियो । कपिलवस्तुमा घरमा पालिएका पशु भन्दा छाडा चौपायमा बढी रोगको संक्रमण देखिएको केन्द्रका प्रमुख विष्णुप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पशु प्राविधिकहरुको टोलिले किसानहरुको गोठ र गाइगोरु पालिएका गौशालाहरुमा पुगेर रोगी पशुको उपचार समेत भइरहेको छ । सुरुको समयमा यो रोगको कुनै भ्याक्सिन र औषधि नभए पनि अहिले भने रोगबिरुद्ध दिइने भ्याक्सिन समेत उपलब्ध रहेको खनालले साझाकुरासँग बताउनुभयो ।
कपिलवस्तुमा खासगरी बुद्धभुमि र बाणगंगा नगरपालिकामा लम्पी स्किन रोगको प्रकोप बढी देखिएको छ भने त्यस पछि कपिलवस्तु नगरपालिका र बिजयनगर गाउँपालिकामा पालिएका किसानका पशुमा संक्रमण देखिएको छ । यस बाहेक जिल्लाका अन्य पालिकामा छिटफुट मात्रामा रोगको संक्रमण छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख खनालका अनुसार अहिले बुद्धभुमि र बाणंगगाका केही पशुमा रोगबिरुद्धको भ्याक्सिन लगाइसकिएको छ । तर अहिले तत्काल भ्याक्सिन पूर्ण मात्रमा उपलब्ध नभएका काराण संक्रमित सबै पशुचौपायले अझै पाएका छैनन् ।
क्याप्री पक्स भाइरसको संक्रमणबाट बिशेषगरी गाई र गोरुमा लाग्ने यो रोग भैँसीमा भने कम मात्रामा देखिने गरेको छ । अफ्रिका महादेशमा उत्पति भएको यो रोग सन् २०१२ पश्चात् मध्यपूर्व, दक्षिणपूर्वी युरोप हुँदै सन् २०१९ मा एशियाको बंगलादेश चीन लगायत भारतमा समेत फैलिएको थियो ।
नेपालमा २०७७ सालको साउनमा मोरङमा पहिलो पटक यो रोग पुष्टि भएको थियो । त्यसपश्चात नेपालका ७ वटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा ठूलो मात्रामा ह्रास आएको छ । किसानका अनुसार यो रोगको संक्रमण भएको लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको पाइएको छ । गाईभैँसीमा यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुने जस्ता लक्षण देखापर्छ ।
लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरूले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । वर्षात्मा बढी देखिने यो रोग रोगी पशुहरूको सिंगान, दूध र घाउबाट निस्केको पीप, रगत जस्ता जैविक रसहरूको प्रत्यक्ष संसर्गबाट सर्न सक्छ । संक्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट पनि यो रोग सर्ने गरेको पाइएको छ ।
यसैबीच उता लुम्बिनी प्रदेशको सबैभन्दा बढी प्रभावित भएको जिल्ला पाल्पामा अहिले सम्म १ सय १० पशु चौपायाको मृत्यु भएको छ । ४ हजार बढी प्रभावित भएका छन् । २ हजार बढीलाई उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
आकाशे वर्षा भएसँगै धान रोपाइँको चटारो हुने पाल्पाको माडी फाँट, झडेवा क्षेत्रमा यतिबेला लम्पी स्किन डिजिजले पशुचौपाय बिरामी परेका छन् भने किसानहरु चिन्तित बनेका छन् ।
लुम्बिनी प्रदेशमा अहिले ७७ हजार ९ सय १३ गाई–भैँसीमा सङ्क्रमण देखिएको छ ।रोगका कारण २८ सय ३१ गाई–भैँसीको मृत्यु भएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया