स्थापना दिवसमा रास्वपाले देशैभर बजायो घण्टी

कपिलवस्तु । पार्टी स्थापना दिवसको अवसरमा आयोजित सप्ताह व्यापी कार्यक्रम अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले विहिवार देशैभर साँझ ७ बजे दीप प्रज्वलन सहित ७७ पटक परिवर्तनको सम्वाहकका रुपमा घन्टी बजाउने कार्यक्रम गरेको छ ।
सोहि क्रममा कपिलवस्तुका विभिन्न स्थानमा पनि कार्यक्रम गरिएको छ । जिल्लाको चार नम्बर जितपुर, ओदारी, तौलिहवा, चन्द्रौटा, र गोरुसिंगेमा कार्यक्रम गरिएको हो ।

जितपुरमा प्रदेश प्रवक्ता कमल पोख्रेल, ओदारीमा जिल्ला सभापति शिव सुवेदी, तौलिहवामा क्षेत्रीय सदस्य माधव पराजुली, गोरुसिंगेमा क्षेत्रीय सदस्य अनुप मरासिनी र चन्द्रौटामा प्रदेश सदस्य दिपक वेल्वासेको नेतृत्वमा कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रममा सहभागी युवाहरुले अब देशलाई वास्तविक रुपमा विकासको पथमा अगाडी बढाउने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी रहेको भन्दै उत्साहा व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रवक्ता पोख्रेलले हाल पार्टीले संसद वैठकमा हरेक वेथितिको विरुद्ध आफ्नो आवाज बुलन्द गरेको बताउँदै आगामी निर्वाचनमा आम जनताको अपार साथले देशको बाघडोर सम्हाल्ने गरि नेतृत्व गर्ने बताउनु भयो । “२०८४ को निर्वाचनमा अब पार्टीलाई कसैले रोक्न सक्दैन् जनतामा एक किसिमको उत्साह पैदा भएको छ प्रदेश प्रवक्ता पोख्रेलले भन्नुभयो ।”

“कांग्रेश एमाले माओवादी लगायतले देशमा हालसम्म गरेको बेथिति र भ्रष्टाचारले मुलुक तहस नहस भएको छ, अब यीनिहरुलाई रास्वपाले तह लगाउँछ” पार्टीका जिल्ला सभापति सुवेदी भन्नुभयो । जितपुर चोकमा भएको कार्यक्रमको सञ्चालन नगर अध्यक्ष बुद्धिसागर वेल्वासेले गर्नुभएको थियो ।

साथै कपिलवस्तु जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचित सदस्यहरुलाई जिल्ला पार्टी कार्यालय चार नम्बरमा पद तथा गोपनियताको सपथ गराइएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै