

दुई वर्ष भित्र देशभर विद्युत् विस्तार भइसक्छ : ऊर्जामन्त्री बस्नेत





काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्ष भित्र देशभर विद्युत् विस्तार भइसक्ने दाबी गरेका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले आगामी दुई वर्षभित्रमा देशभर शतप्रतिशत विद्युत् पुर्याउने दाबी गरेका हुन् ।
उनले कर्णाली र सुदूरपश्चिम बाहेकका प्रदेशमा भने यस वर्ष नै शतप्रतिशत विद्युतीकरणको काम पूरा गर्नेगरी बजेट विनियोजन भएको बताए । उनले वर्षायाममा विद्युत् आपूर्तिलाई सहज बनाउनका लागि एक महिनाभित्रमा दुईवटा ट्रान्समिसन लाइन थप्न लागेको पनि जानकारी दिए ।
उनले विद्युत् उत्पादन, व्यापार, पूर्वाधार निर्माण, ट्रान्समिसन निर्माण र वितरण प्रणाली अपग्रेड गर्ने काम पनि भइरहेको बताए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया