

मनसुनजन्य विपद्बाट पछिल्लो एक सातामै १३ जनाको मृत्यु





काठमाडौं । मनसुनजन्य विपद्बाट पछिल्लो एक साताको अवधिमा मात्रै विभिन्न जिल्लामा गरेर १३ जनाको मृत्यु भएको छ । यसै अवधिमा २६ जना बेपत्ता भएका छन भने ८ जना घाइते भएका छन् । जेठ ३१ गतेदेखि असार आजसम्म मनसुनजन्य विपद्बाट ४१ घरमा पूर्ण क्षति भएको छ भने सात घरमा आंशिक क्षति पुगेको छ ।
बिहीवार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै गृहमन्त्रालयका निमित्त सचिव एवम विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव महादेव पन्थका अनुसार सबैभन्दा बढी ताप्लेजुङको पहिरोमा परेर तीन जना, पाँचथरको बाढीमा तीन जनाको मृत्यु भएको छ ।
यस्तै संखुवासभामा बाढी र पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ भने तनहुँमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको पन्थले जानकारी गराए । यस्तै भोजपुरको बाढीमा एक जना, नुवाकोटको पहिरोमा एक जना र गोरखाको पहिरोमा एक जनाको मृत्यु भएको छ ।
निमित्त सचिव पन्थका अनुसार संखुवासभाको बाढी र पहिरोमा परेर सबैभन्दा बढी २० जना बेपत्ता रहेका छन् भने ताप्लेजुङको पहिरोमा तीन जना, पाँचथरको बाढीमा तीन जना, बेपत्ता रहेका छन् । यस्तै संखुवासभाको बाढी र पहिरोमा परेर तीन जना, ताप्लेजुङको पहिरोमा तीन जना, पाँचथरको बाढीमा एक जना र तनहुँको पहिरोमा एक जना घाइते भएका छन् ।
यस्तै संखुवासभाको बाढी र पहिरोमा १२ वटा घर पूर्णरुपमा क्षति भएको छ भने तीन वटा घर आंशिक क्षती भएको छ । पाँचथरमा १६ घरमा पूर्ण क्षति पुगेको छ भने चार वटा घरमा आंशिक क्षति पुगेको छ । ताप्लेजु«मा पनि ११ घर पूर्णरुपमा क्षति भएको छ भने इलामको एक घरमा पुर्ण क्षति भएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया