

अतिरिक्त हुलाक खारेजीको विरोधमा कपिलवस्तुमा प्रदर्शन





कपिलवस्तु । अतिरिक्त हुलाक कार्यालय खारेजीको विरोधमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आगाडि कर्मचारीहरुले आज प्रदर्शन गरेका छन् । सरकारले बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि कपिलवस्तुसहित देशभरका अतिरिक्त हुलाकका कर्मचारीहरू विरोधमा छन्।
गत जेठ १५ गते बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन कपिलवस्तुले सरकारले गरेको खारेजीको घोषणा प्रति विरोध प्रदर्शन गरेको एसोसिएसनका अध्यक्ष शिवदिन यादवले बताउनुभयो ।
अतिरिक्त हुलाक खारेजीको निर्णय तत्काल फिर्ता गर्नुपर्ने, अतिरिक्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीहरूको रोजगारी खोस्न नपाइने, हुलाकको संरचना खारेज हैन यसको पुनः संरचना गर्नुपर्ने र राजीनामा दिई सेवाबाट नियमित रूपमा अवकाश भएका वा हुने कर्मचारीहरूको सेवा अवधिका आधारमा सेवा सुविधा सुनिश्चित गर्नुपर्ने आन्दोलनरत कर्मचारीहरूको माग छ ।
कपिलवस्तुमा अतिरिक्त हुलाकमा काम गर्ने दुई सय १ जना रहेको एसोसिएसनका अध्यक्ष यादवले बताउनुभयो । अतिरिक्त हुलाक कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवाहरू बन्द गरी इलाका हुलाक तथा जिल्ला हुलाक कार्यालयमा कालो पट्टी बाँधेर असार ९ गतेसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने र असार १० गतेपछि इलाका हुलाक तथा जिल्ला हुलाक कार्यालयहरूमा माग पुरा नभएसम्म विरोध प्रदर्शनका साथै हुलाकका कामकाज ठप्प पारी ताला बन्दी गर्ने, यसपछि पनि सरकारले माग सम्बोधन नगरेमा थप विरोधका कार्यक्रमहरू घोषणा गर्ने अध्यक्ष यादवको भनाइ छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया