
रास्वपा कपिलवस्तुद्धारा स्थापना दिवसमा रक्तदान

कपिलवस्तु । पार्टी स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले मंगलबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु शाखाको प्राविधिक सहयोगमा तौलिहवामा आयोजना गरिएको कार्यक्रममा रक्तदान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला सभापति सिव सुवेदीले रक्तदान जीवन दान भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै आफूहरुले जिल्लाको रगत अभाव टार्न कार्यक्रम गरेको बताउनु भयो ।
रास्वपाका प्रदेश सदस्य डा. सरस्वती भट्टराई, क्षेत्र नम्बर २ का सदस्यहरु माधव पराजुली, अखिलेस दुवे, अञ्जु शर्मा, वाणगंगा नगर सभापति बुद्धिसागर वेल्वासे, वाणगंगा नगरपालिका वडा नम्बर ११ का सभापति नारायण खनाल, सल्लाहकार डिल्ली अर्याल, वाणगंगा नगरपालिका वडा नम्बर ५ का सभापित धनिश्वर खनाल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको रास्वपा कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया