

कपिलवस्तुसहित १५ जिल्लामा अझै केही दिन गर्मी बढ्ने



काठमाडौँ : पूर्वी नेपालबाट मनसुन भित्रिएको चार दिन भइसके पनि पश्चिम तराईका १५ जिल्लामा भने अझै केही दिन गर्मी बढ्ने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव पूर्वी र मध्य भूभागसम्म मात्रै रहेको छ। विशेष गरी कोशी प्रदेशको पूरै भूभाग, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव छ।
मध्य र पश्चिम तराईमा भने मनसुनी वायु पुग्न अझै केही दिन लाग्नेछ। जसले गर्दा मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तथा न्यूनतम तापक्रम लगातार वृद्धि भइरहेको विभागले जनाएको छ। कतिपय भूभागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस तथा त्योभन्दा पनि बढी मापन भएको छ।
विभागले आगामी केही दिनको देशभरको तापक्रमको अवस्था विश्लेषण गरेको छ। जसअनुसार, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपूर र नवलपरासीमा अत्याधिक गर्मी हुने सम्भावना छ।
त्यस्तै, कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीमा थोरै तापक्रम घटे पनि गर्मीको सम्भावना यथावत् रहेको विभागले जनाएको छ। यी १८ जिल्लामा असार ३ गतेसम्म तातो हावा (लू) चल्ने सम्भावना छ।
त्यसैले अझै केही दिन गर्मीबाट बच्ने उपाय अपनाउन विभागले सुझाएको छ। तातो हावा तथा लूका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका समस्या देखिनसक्छन्।
यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, सुती कपडा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन विभागले अनुरोध गरेको छ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया